© २०२३
बुटवल, १९ पुस । तराई क्षेत्रमा धेरै खेलिने खेलमा कबड्डी एक हो । समुह खेल र पदक जित्ने सम्भावना बोकेको खेलका रुपमा यसलाई हेरिन्छ । पछिल्लोसमय छोटो तयारी र लगानीका बिच दक्षिण एशियाली प्रतियोगितामा ऐतिहासिक पदक जित्न सफल भएको खेल भएकाले पनि यो खेलमा धेरैको आर्कषण भएको छ । सरकार र खेलसंस्थाहरु यो खेलको सम्भावनालाई मध्येनजर गरि दक्ष जनशक्ति, खेलाडी उत्पादनमा जोड दिएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी प्रदेश कबड्डी संघको आयोजनामा शुक्रबार देखी बुटवलमा प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम १९–२१ सम्म शुरु भएको हो ।
कार्यक्रमको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै हरेक खेलमा निर्णायकको भुमिका महत्वपूर्ण हुने तर्क दिए । खेलमा खेलाडीको राम्रो खेल प्रदर्शनसंगै निर्णायकको भुमिकालाई हेरिने उनले बताए । असल निर्णायक बन्दै गर्दा असल प्रशिक्षक हुन त्यतीकै जरुरी रहने उनले बताए । खेलकुदको विकासमा खेलकुदको नीति, संरचना, गतिविधि र मानव संसाधन चार मुख्य विषय भएको उनले बताउदै खेलको प्राविधिक पक्ष विकास गर्न निरन्तर तालिम जरुरी रहने बताए । प्रदेश सरकार यो खेलको विकास गर्ने गरि आगामी दिनमा राष्ट्रिय कबड्डी प्रतियोगिता प्रदेशमा संचालन गर्ने घोषणा गरे । खेलाडीहरुलाई सम्मानको कार्यलाई समेत प्राथमिकतामा राखेको उनले बताए ।
कार्यक्रममा अखिल नेपाल कबड्डी संघका केन्द्रिय उपाध्यक्ष कुमार आलेले स्वस्थ्य र राष्ट्रको लागि खेलकुदको नारा बोकेको खेलकुदलाई अब भने ब्यवसायिक खेलाडी बनाउने लक्ष्य अगाडि बढाएको बताए । ब्यवसायिक खेलाडीको एउटा महत्वपूर्ण पाटो लिग कबड्डी देशभित्र चलाउनु योजना बनाएको बताए । तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सकेमात्र फलदायी हुने तर्क राख्दै उनले दक्ष खेलाडी उत्पादनको आधार भएको बताए ।
कार्यक्रममा केन्द्रीय सचिव तर्कराज भट्ट, केन्द्रिय सदस्य भगवती अधिकारी, केस राजकुमार क्षेत्री, राखेपका निवर्तमान मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट, रुपन्देही जिल्ला खेलकुद संघका सदस्य सचिव राजेन्द्र श्रेष्ठ, चाईनामा सम्पन्न दक्षिण एशियाली प्रतियोगितामा कास्य पदक विजेता सृजना थारु, अन्तराष्ट्रिय सर्कल कबड्डी खेलाडी बासु बश्यालले तालिमको सफलताको शुभकामना दिए ।
कार्यक्रममा प्रदेश उपाध्यक्ष देविका नेपाली नेपालमा पुरानो खेलमा पर्ने कबड्डी सरकारको उपेक्षामा परेको दुखेसो गर्दै अन्तराष्ट्रिय मन्चमा भने सम्भावना बोकेको खेल भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कबड्डी संघका अध्यक्ष जनार्दन केसी (जनक) ले खेलमा दक्ष जनशक्ति उत्पादन गर्दै ज्ञान, सीप र क्षमता वृद्धिमा तालिम फलदायी हुने बताए । कुनै पनि खेलमा रेफ्रिको निर्णय लाद्न हुदैन, प्रशिक्षकले अपिल गर्ने हो र बढि कम्ब्याक्टलाई रिसको रुपमा लिने नहुने तर्क दिए । तालिममा सहभागीबाट थोरै भएपनि शुल्क उठाएर तालिम चलाएको भन्दै उनले यसबाट सिकाई प्रभावकारी हुनेमा आशावादी रहेको बताए । प्रदेश सरकारबाट जिल्लास्तरमा एक एक जना प्रशिक्षक राख्ने गरि ओएनएम सर्भेको काम अघि बढ्नु सकारात्मक भएको भन्दै सरकारको यो कामलाई धन्यबाद दिए ।
तालिममा केन्द्रीय सचिव तर्कराज भट्ट, कबड्डी संघका निवर्तमान प्रशिक्षक बिष्णुदत्त भट्टले सहभागीहरुलाई सैद्धान्तिक र ब्यवहारिक ज्ञान दिने छन । लुम्बिनी प्रदेश कबड्डी संघका उपाध्यक्ष/ जिल्ला अध्यक्ष महेन्द्र सुनारले दक्ष जनशक्ति उत्पादन गर्ने गरि पहिलोपटक प्रदेशस्तरमा कार्यक्रम गरेको बताए । तालिममा लुम्बिनी प्रदेशका कपिलबस्तु र रुकुम पुर्व बाहेकका १० जिल्लाबाट ६० जना बढि सहभागी रहेका संघका सदस्य दिनेश आचार्यले बताए ।
भिडियो सामग्री