ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
१२ औं वार्षिकोत्सव विशेष

पर्यटक भित्रयाउन लुम्बिनी सांस्कृतिक नगरपालिकामा नयाँ अभ्यास

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

पर्यटक भित्र्याउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको छ । पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको नेतृत्वले नगरपालिकाको सडकमा संकेत नम्बर (स्ट्रिट नम्बर) राखेको हो । यो संकेत नम्बरले लुम्बिनी घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटक बाटो थाहा नपाएर अल्मलिनु पर्दैन । अन्तर्राष्ट्रिय दातृ संस्था युएनडिपी, नेपाल टुरिजम बोर्ड र लुम्बिनी सांस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनीमा ८० वटा संकेत नम्बर राखिएको छ । सडकमा संकेत नम्बरको उद्घाटन गर्दै नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गरे ।

विदेशतिर पर्यटक जाँदा कुन ठाउँ जाने, कहाँ बस्नेजस्ता विषयमा पर्यटकलाई जानकारी दिन संकेत नम्बर राखिएको हुन्छ । लुम्बिनीमा पनि संकेत नम्बर राख्दा आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई सजिलै जानकारी होस् भन्ने उद्देश्यले संकेत नम्बर राखिएको मेयर सजरुद्दिनको भनाइ छ । ‘पालिकाभित्र पर्ने ८० वटा सडक नम्बरिङ गर्ने काम अघि बढेको छ,’ मेयर सजरुद्दिनले भने, ‘यसले पर्यटकलाई गन्तव्य भेट्न सहज बनाउँछ ।’ नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले पनि पर्यटकको सहजताका लागि स्ट्रिट नम्बरिङ गरिएको बताईन् । पर्यटन विकासमा नगरले चासो दिएको बताउँदै उनले भनिन्, ‘अब लुम्बिनी आउने पर्यटकले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सिर्जना भएको छ ।’
आकर्षणको केन्द्र लुम्बिनीमा पर्यटकलाई गन्तव्यमा पुग्न सहज होस् भनी पहिलो अभ्यास चालिएको प्रमुख मुसलमानले बताए । बढ्दो सहरीकरणबीच पर्यटक कतै अनावश्यक अल्मलिनु नपरोस् भनी सडकमा संकेत नम्बर राखिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीको भनाइ छ । पर्यटन क्षेत्र प्रवद्र्धनका लागि नगरपालिका सधै हातेमालो गर्न तयार रहेको पनि ज्ञवालीले बताए ।

यसैगरी पर्यटकको यात्रालाई सहज र सफल बनाउन संकेत नम्बरले महत्वपूर्ण भूमिका खेल्ने युएइनडिपीका सुदीप अर्यालले बताए । पहिलो साझेदारी कार्यक्रमअन्र्तगत संकेत नम्बर राखिएको र थप पर्यटक भित्र्याउन सूचना केन्द्र स्थापनासमेत गरिने अर्यालको भनाइ छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको विकासका लागि स्थानीय सरकारलाई बलियो बनाउँदै यहाँको विकास र निर्माणमा ध्यान दिने र कानुनको कार्यान्वयनलाई महत्वका साथ अगाडि बढाउने काम नगरपालिकाले गरेको छ । नगर प्रमुख मुसलमान भन्छन्, “यहाँको विकासमा स्थानीय तहको अधिकार, व्यवस्था, मापदण्डलाई तथ्यपरकरूपमा अगाडि बढाउँदै लुम्बिनीबासीका खुसीका लागि काम गर्न शुरु गरेका छौँ । जुन केही समयपछि परिणामले देखाउँछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?