ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

बुटवलमा पुस २०देखि प्रदेशस्तरीय मेयरकप खुल्ला ब्याडमिन्टन

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

बुटवल, १७ पुस । बुटवलमा प्रथम प्रदेशस्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलले पुस २० र २१ गते पुरुष डबल र भेट्रान्स डबल समूहमा प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको हो ।

बुटवल–७ शिवनगर सामुदायिक वन परिसरको कभर्ड हलमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट गरी करिब १०० टिममा दुई सय खेलाडीले सहभागिता जनाउने र मंगलबारसम्म ५० टिमले नाम दर्ता गराइसकेका क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।

प्रतियोगिताको पुरुष डबलतर्फ विजेता टिमले ५१ हजार १११,दोस्रोले ३५ हजार १११ र तेस्रोले २१ हजार ११ रुपैयां तथा भेट्रान्स डबलतर्फ विजेता टिमले ३१ हजार १११,दोस्रोले २१ हजार १११ र तेस्रोले १५ हजार १११ रुपैयां नगद पुरस्कार पाउने अध्यक्ष पियाले जानकारी दिए । प्रतियोगितालाई स्वच्छ र निष्पक्ष बनाउन बुटवल बाहिरका रेफ्री प्रमोद सिंह पहाडीलाई ल्याइने क्लबले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले राष्ट्रिय प्रतियोगितामा हुने नियम अनुसार खेलाडी र टिम छनोट गरी खेल खेलाउन सुझाव दिए । १३ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ८ लाख रुपैयां वजेट दिने समझदारी भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक यादव भण्डारीले बताए ।

प्रतियोगितामा भाग लिने टिमले पुरुष डबलतर्फ ३ हजार र भेट्रान्स तर्फ २५ सय रुपैयां दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष बासुदेव श्रेष्ठले बताए । प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?