© २०२३
बुटवल, १६ पुस । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगितामा कपिलबस्तु विजयी भएको छ । आईतबार भएको खेलमा कपिलबस्तुले नवलपरासीमाथि १ बिकेटको जित निकालेको हो ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा आईतबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपरासीले ४७ ओभरमा ८ बिकेट गुमाएर २ सय ११ रनका लक्ष्य खडा गरेको थियो । नवलपरासीका एकलाख वारसीले ८४ बलमा ४९ रन, निरज भण्डारीले ३९ बलमा ३५ रनको योगदान दिए । कपिलबस्तुका शिव कुवरले २ विकेट लिए ।
मध्यम लक्ष्य पाएका कपिलबस्तुका ब्याट्सम्यानहरु ४६.५ ओभरमा केवल ९ बिकेटको नोक्सानी विजयी भए । शुरुवातमा खराब प्रदर्शन गरेको कपिलबस्तुको ब्याटिङलाई मोहमद हुसैन र शिव कुवरको जोडी सम्हाले । हुसैनले ५० बलमा शानदार अर्धसतक हाने । उनले ५ चौका र ३ छक्काको मद्यतले ६० बलको योगदान दिए । शिवले ७१ बलमा ३०, इसराज फकिरले ६ चौकाको मद्यतमा ४३ बलमा ४१ रन बनाए । नवलपरासीका राजेन्द्र बहादुर बम र जितेन्द्र केवटले समान २—२ बिकेट लिए ।
खेलमा कपिलबस्तुका शिव कुवर म्यान अफ दी म्याचबाट पुरस्कृत भए । सोमबार पाल्पाले कपिलबस्तुको सामना गर्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनौट खेल अन्तरगत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाके, बर्दिया र दाङ जिल्लाको खेल हुने छन ।