© २०२३
नवलपुर, १५ पुस । पूर्बी नवलपरासीको गैँडाकोटमा आईतबार सम्पन्न भएको हाफ म्याराथन २०८० मा यस अघिको राष्टिय रेकर्ड तोडदै नेपाली सेनाका राजन रोकायले प्रथम स्थान हासील गरेका छन ।
यस अघि भारतमा सम्पन्न अन्तराष्टिय खेलमा एक घण्टा पाँच मिनेट ५३ मिलि सेकेन्डको राष्टिय कीर्तिमान तोडदै गैंडाकोटमा भएको २१ किलोमिटरको गैंडाकोट हाफ म्याराथुुनको उपाधि त्रिभुुवन आर्मी का रोजन रोकायले एक घण्टा तीन मिनेट पाँच सेकन्डमा पुुरा गरि प्रथम स्थान हासील गर्दै च्याम्पीयन भएका हुन् ।
गैंडाकोटमा सम्पन्न २१ किलोमिटरको हाफ म्याराथुुन प्रतियोगितामा रोकायले प्रथम हुुँदै रु एक लाख नगद र गोल्ड मेडल सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने प्रतियोगिताको दोश्रो त्रिभुुवन आर्मीकै नरेन्द्र सिहँ रावतले एक घण्टा तीन मिनेट ३० सेकेन्डमा पुुरा गरि रु ५० हजार नगद ,शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसै गरि प्रतियोगितामा अजित कुुमार यादबले एक घण्टा पाँच मिनेट ५२ सेकेन्डमा पुुरा गर्दै तृतीय स्थान हासील गर्नुुभएको थियो । यादबले रु २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा २१ किलोमिटरको दुुरी निर्धारित दुुई घण्टा १२ मिनेट भित्र पुुरा गर्ने अन्य सात जनालाई जनही पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजक बिजय फाउण्डेशनले जनाएको छ ।
यसै गरि २१ किलोमिटर को दुुरी एक घण्टा २७ मिनेट १४ सेकेन्डमा पुुरा गर्दै सशस्त्र प्रहरीकी सीमा चौधरीले प्रथम स्थान हासील गर्दै रु २५ हजार नगद ,शिल्ड र प्रमाणपत्र हासील गरेका छन ।
साथै कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुको पाँच किलोमिटर दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कुुँवरले प्रथम स्थान हासील गर्दै रु २५ हजार नगद ,शिल्ड र प्रमाणपत्र हासील गरेका छन ।
कुुँवरले पाँच किलोमिटरको दुरी १५ मिनेट १९ सेकेन्डमा पुुरा गरेका थिए भने प्रतियोगिताको दोश्रो तनहुुँका अमृत बिकले १५ मिनेट ३६ सेकेन्डमा पुुरा गरेका थिए । बिकले रु १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा काठमाडौंका अनुुज महतले १५ मिनेट ५५ सेकेन्डमा पुुरा गर्दै रु १० हजार नगद सहित तृतीय भएका छन ।
प्रतियोगितामा बिजयी हुुने हरुलाई गैंडाकोट नगरपालिकाका नगर प्रमुुख मदनभक्त अधिकारी र अन्तराष्टिय बैकुुन्ठ मान्नधरले सयुुक्त रुपमा पुुरुस्कार प्रदान गरेका र बिजय फाउण्डेशन गैंडाकोटको आयोजनामा भएको सो प्रतियोगितामा कुुल ५६२ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जनाएका छन ।
प्रतियोगिता विजय सामुदायिक शिक्षा सदनबाट सुरु हुने दौड क्रमशः विकू चोक, सागर मौरी नन्दन वन, भानु चोक, गैरी, जयश्री पुल, थुम्सीबाट जयश्री फुड्सबाट टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाचोक, इलाका प्रहरी कार्यालय, शिलान्यास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदी, मिलनचोक, कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदनसम्मको रुट निर्धारण गरिएको थियो ।
गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन आयोजित गैँडाकोट हाफ म्याराथन २०८० र विद्यार्थी मैत्री दौड प्रतियोगिताको आयोजना गरिएको हो ।