ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

लुम्बिनी एक्स्पोको १० औं दिन एक लाखभन्दा बढीले अवलोकन गर्दा ४ करोडको कारोबार

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल ।

रुपन्देही व्यापार संघले बुटवलमण्डपमा संचालन गरेको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको १० औं दिनमा अहिलेसम्मकै धेरै अवलोकनकर्ता सहभागी भएका छन् । बिदाको दिन र बुटवल क्षेत्रमा चिसो बढेकाले पनि अवलोकनकर्ताको घुइँचो लागेको आयोजकको भनाइ छ ।

पुस ५ गतेबाट चलिरहेको एक्स्पोमा शनिबार अहिलेसम्मकै धेरै अवलोकनकर्ता पुगेको र कारोबार पनि त्यसैगरेर अहिलेसम्मकै धेरै भएको जनाइएको छ । एक्स्पोका प्रचार संयोजक फर्सुराम पन्तका अनुसार शनिबारमात्रै एक लाखभन्दा बढीले अवलोकन गर्दा करिब ४ करोड बराबरको कारोबार भएको दावी गरे ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका साथ बुटवलमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा बढेको भीडले आफूहरुलाई थप उत्साह बनाएको संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले बताए ।

शनिबारको पूर्व तयारी गरेर टिकट काउन्टरको व्यवस्था, सुरक्षा व्यवस्था र बाहिर निस्कने अर्को गेटको व्यवस्था पहिले नै गरिएको उनले बताए । शनिबार बिहानै ९ बजेदेखि नै अवलोकनकर्ताहरु टिकट काउन्टरमा लाइनमा बसेर भित्र प्रवेश गर्न थालेका थिए ।

शनिबार दर्शकहरुको भिड बढेपछि आयोजक लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनीस्थलमा खटिएका थिए भने स्टलधनी दिनभरी आफ्ना सामग्री बेच्न र प्रदर्शनीमा राखिएका वस्तुबारे जानकारी दिन खटिएका थिए । स्थायी प्रदर्शनी स्थल भएकाले पनि प्रदर्शनी केन्द्रमा अवलोकनकर्ता थपिँदा पनि धेरै समस्या नपरेको महासचिव दयानिधि भण्डारी बताउँछन् ।

उनले भिड अत्यधिक बढेपछि टिकट काउण्टर बढाएर सहजता बनाएको जनाए । मण्डपमा एकैपटक ५० हजार दर्शक रहनसक्ने क्षमता भएका कारण व्यवस्थापन सहज हुने गरेको छ । सुरक्षा व्यवस्था समितिका संयोजक अर्जुन भट्टराईले शनिबार दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको र भीड बढेपनि कुनै अप्रिय घटना नभएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?