ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

तिलोत्तमा व्यापार संघको चौथो अधिवेशनः न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

तिलोत्तमा, १४ पुस ।

तिलोत्तमा चेम्बर अफ कमर्शको अध्यक्षमा नेत्रप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको दशौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा विष्णुबहादुर बराल क्षेत्री, द्वितीय उपाध्यक्षमा मानबहादुर बर्मा, महासचिवमा चेतनारायण विश्वकर्मा, कोषाध्यक्षमा बाबुराम कंडेल र सचिवमा कृष्णप्रसाद भट्टराई पनि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भगवती घर्ती, ढालानन्द चालिसे, चुरामणि भुसाल, भविश्वर पाण्डे, बबीकुमारी भट्टराई, भगवतीकुमारी पाण्डे, चन्द्रकान्त भण्डारी, तारा सुनार, पेउनारायण भुसाल, चुडामणि सुवेदी, सुना श्रीस (थापा), दिलमाया पुन, तेजप्रसाद पाण्डेय, मिनराज भारद्वाज, शित्तल ज्ञवाली र पार्वती गिरी रहेका छन् । त्यस्तै लेखासमिति संयोजकमा कृष्ण सुवेदी र सदस्यहरुमा हुमनाथ भट्टराई र झलक तिवारी रहेका छन् ।

शनिबारै बसेको कार्यसमितिको पहिलो बैठकले रामु भण्डारी र ताराप्रसाद नेपाललाई कार्यसमिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि बोल्दै नेत्रप्रसाद न्यौपानेले संस्थाको सुद्धृढीकरण र गतिशीलतामा ध्यान दिने प्रतिवद्धता जनाए ।

यज्ञ गैरे संयोजक तथा दिनेश पाण्डे र लक्ष्मण पौडेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचित कार्यसमितिको घोषणा गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक गैरेले सपथग्रहण गराएका थिए ।

त्यसअघि साधारणसभाको बन्द सत्रले संस्थाको नाम तिलोत्तमा व्यापार संघ राख्ने, विधान अनुसार २५ सदस्यीय कार्यसमितिमा नबढ्ने गरी एकजना वरिष्ठ उपाध्यक्ष, एकजना महिला सचिव र एकजना सहकोषाध्यक्ष पद थप गर्नेगरी विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त संशोधित विधान स्वीकृत भएपछि हालकै कार्यसमितिबाट उल्लेखित पदहरुमा पदपूर्ति गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

साधारणसभाले अध्यक्ष बाबुलाल भुसालको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बाबुराम कंडेलको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

त्यसअघि साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्योगी व्यवसायीहरुको हक हित र संरक्षणका लागि स्थानीय सरकारले काम गरिरहेको भन्दै व्यावसायिक संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पालिकाले उद्योगी व्यवसायीको हितलाई मध्यनजर गर्दै नीति अंगीकार गरेको भन्दै व्यावसायिक सुरक्षामा पनि स्थानीय सरकार प्रतिवद्ध रहेको बताइन् ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोखरेलले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा रहेको, उद्योगी व्यवसायीहरु पलायन हुँदै गएको, सबैतिर आर्थिक मन्दी छाएको भन्दै यसको निकासका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए ।

त्यस अवसरमा संस्थाका निवर्तमान अध्यक्ष एवं प्रदेश चेम्बर अफ कमर्शका महासचिव जेपी कंडेल, प्रथम उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । साधारणसभाका अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै संस्थाका कार्यालय प्रमुख रामप्रसाद सापकोटालाई नगदसहित सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?