ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण
पाँचौ सडक खाना महोत्सव सुरु

सडक खाना बुटवलको उत्सव र ब्राण्ड होः घिमिरे

१४ पुष २०८०, शनिबार
१४ पुष २०८०, शनिबार

बुटवल, १४ पुस ।

नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।

एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार उद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताए । मानव विकासको क्रमसंगै करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको ईतिहास रहेको उनले बताए ।

समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा यो चलेको उनले बताए । पछिल्लो समय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको उनले बताए । विश्व कुनै ठाउमा समयको रोकतोक नभएको भन्दै सुरक्षाको ब्यवस्थापन भने सरकारको जिम्मेवारी भएको उनले बताए । रुपन्देहीमा भएका विकासको गतिलाई हेरेर ७० अरब भन्दा बढी नीजि क्षेत्रको लगानी भएको तथ्याक पछिल्लोसमय देखिएको उनले बताए । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उनले दाबी गरे ।

कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सही नभएको बताए । २४ घण्टा ब्यवसाय गर्न देखिने समस्याबारेमा टेबलमा बसेर छलफल गर्न तयार रहेको उनले बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए ।

अब भाषण नभई काम गर्ने समय भएको उनले बताए । आफू आश्वासन बाँड्ने नभई काम गर्न तयार रहेको उनले बताए । देशमा भित्रिने पर्यटनलाई प्रशासनबाट सडक सडकमा दिईने हैरानी रोक्न आजको आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा सभासद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेला महोत्सव भएको बताए । जनता बिनाको विकास अपुरो हुने भन्दै उनले उपभोक्ता समितिमार्फत गरिएको काम सधै सफल हुने उनले बताए ।

नया जोगीले खरासी घस्छ भन्ने तर्क दिदै नया मन्त्रीको काम ६ महिनामा देखिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए । आशा जागेको शहर र जनताले धानेको शहर बुटवल भएको भन्दै उनले निजी क्षेत्रबिना नगरको विकास सम्भव नभएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए । सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले बताए ।

कार्यक्रममा संस्थागत अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपालले होटल ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । गढ्ढादेखि नुवाकोटसम्म पुग्ने केबलकार जोड्न सके एउटै प्रदेशका दुई जिल्ला जोड्ने ३ वटा केबलकार हुने प्रदेशको रुपमा पहिचान मिल्ने उनले बताए । कालिका पथलाई रात्रीकालिन बजारका रुपमा अघि बढाउन आफुहरु पहल गरिरहेको उनले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बुटवलमा रात्रीकालिन बजारको दबाब स्वरुप सडक खाना महोत्सव शुरुवात गरेको बताए । खान र घुम्न बुटवल जानुपर्छ भन्ने प्रचार गराएर देशभित्र र बाहिरबाट समेत आगामी दिनमा भित्राउने गरी अघि बढ्ने उनले बताए ।

यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई सम्मान गरिएको छ । दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरी नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए । यसैगरी समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए ।

एक सय स्टलहरुमा विभिन्न जाती र संस्कृतिका पहिचान झल्किने खानाका परिकारहरु राखिएका छन् । अहिलेको चर्चित अरेली काडैमा..गीतकी गायिका शान्तिश्री परियार, कलाकार उज्वल घिमिरे, स्थानिय सागितिक ब्याडहरुले प्रस्तुती दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?