© २०२३
सन्धिखर्क, १४ पुस ।
नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले शुभ श्री अग्नि सिमेन्टको लाइन काटिदिएको छ ।
अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका वडा न. ८ जलुकेमा संचालित सिमेन्ट उद्योगको लाइन काटिएको हो ।
नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने विद्युतको महशुल नवुझाएपछि विद्युत लाईन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।
उद्योगले डेडिकेटेड एबम ट्रंक लाइनबाट उपयोग गरको विद्युतको महशुल करिब ४७ करोड रुपैंया भुक्तान गर्न बाँकी रहेको छ ।
उद्योगले महशुल नतिरेपछि शुक्रवार राति ९ बजेबाट विद्युत लाइन काटिएको प्रमुख भट्टराईले बताए ।