ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

मेलामा शनिबार र आइतबार धेरै भीड हुनेः निःशुल्क माटो परीक्षणमा साढे ५ सय किसानले लिए सेवा

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस ।

रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० को ९ औं दिन अवलोकनकर्ताको चाप उत्तिकै बढेको छ । अहिले विभिन्न जिल्लाबाट सर्वसाधारणसँगै संस्थागत सहभागिता बढ्दै गएको छ । शुक्रबार यसअघिका दिनमा भन्दा केही चिसो बढेकाले पनि अवलोकनकर्ताको चाप बढेको हो ।

पुस १४ र १४ गते दुई सार्वजनिक बिदा परेकाले पनि त्यो दिन बढी अवलोकनकर्ताको चाप हुने भएकाले त्यही अनुसारको तयारी गरिएको संघका महासचिव दयानिधि भण्डारीले बताए ।

बुधबारसम्म मेलामा रहेका निःशुल्क माटो शिविरको काम पनि सकिएको छ । विभिन्न जिल्लाबाट ५३० जनाले निःशुल्क माटो परीक्षण गरेको कृषि उपसमिति सदस्य बाबुराम खनालले जनाए । कृषि विकास निर्देशनालय बुटवलको सह–आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा माटो परीक्षण भएको थियो ।

मेलाका प्रचार संयोजक फर्सुराम पन्तले शुक्रबार सोचेभन्दा राम्रो संख्यामा अवलोकनकर्ताको भीड भएको र व्यवपार पनि उल्लेख्य बढ्दै गएको जनाए ।

बुटवलमा हुने हरेक प्रदर्शनी, एक्स्पो, महोत्सव वा मेला जे भएपनि यहाँका सबै संघसंस्थाको सामुहिक आयोजकको भावना रहेकाले सबै साथ रहेको व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले जनाए । उनले शनिबार र आइतबार सार्वजनिक बिदा परेको र त्यो समयमा भीड बढ्ने आंकलनका साथ सबै तयारी गरेको जनाए ।

उनका अनुसार अहिलेसम्म २ लाख २० हजार दर्शक अवलोकन गरेको र अवलोकनकर्ताको चाप बढ्दै गएको छ ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक संस्थाले राखेको छ ।

दर्शकको भिड लाग्ने र अवलोकनका लागि असहज नहोस भन्ने हेतुले मेला आयोजना स्थलमा सानासाना कुराहरुमा पनि ध्यान दिने गरेको त्यहा प्राप्त सेवाले पनि पुष्टि गर्दछ ।

निमार्णाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोकन गर्नसक्ने क्षमता रहेको छ । मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । मेलाका प्रबन्धक सरोज पोखरेलका अनुसार डान्स, दोहोरी, भजन, र्याप प्रतियोगिताले सबै उमेर समूहको ध्यान तानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?