ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

फारवेष्ट पशुपति कपः उपाधि जित्ने दुबै टोलीको दाबी

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

धनगढी, १३ पुस ।

एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि जित्ने दावी साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लबले गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेल अघिको प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दावी गरेका हुन् । स्टार सिटी र ईलाईटका प्रशिक्षक तथा कप्तानले उपाधि आफ्नो टीमले जित्ने बताएका छन् ।

स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर च्याम्पीयन हुने बताए । उनले पाएका मौकाहरुलाई सही सदुपयोग गर्दै उपाधि जित्नका लागि सबै खेलाडीहरुले शत प्रतिशत दिने बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जित्ने बताए । उनले खेलाडीहरु सबै फिट रहेकोले खेलाडीहरुले आफ्नो क्षमता अनुसार र विपक्षी टीमका खेलाडीहरुको खेलको आधारमा रणनिति बनाएर खेल्ने बताए ।

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले उपाधि जित्ने बताएका छन् । ग्रामीण क्षेत्रका खेलाडीहरुसँगै राष्ट्रिय खेलाडी र दुई जना विदेशी खेलाडी टीममा रहेको र खेलाडीहरु बीच पछिल्ला खेलहरुमा तालमेल मिल्दै गएकोले उपाधि जित्ने गरी खेल्ने उनले बताए । उनले खेलाडीहरु शारिरीक र मानसिक रुपमा क्लबलाई उपाधि जिताउनका लागि खेलाडीहरु तयार रहेकोले पनि नतिजा आफ्नोतिर आउनेमा ढुक्क रहेको बताए ।

ईलाईटका प्रशिक्षक अमर चौधरी पनि अनुभवी युवा र उदयमान खेलाडीहरुको समिश्रण राम्रो रहेको र सबै जना खेलाडीहरुको तालमेल मिलिरहेको बताउँदै उपाधि जित्ने बताए । उनले धनगढीको प्रतिष्ठित क्लबसँगको फाईनल खेल खेल्नका लागि सम्पुर्ण रुपमा तयार रहेको बताउँदै पहिलो सहभागीततमामै क्लबलाई ठुलो उपलब्धीको रुपमा उपाधि दिलाउन खेल्ने जानकारी दिए ।

गत बर्षको विजेता स्टार सिटी लगातार दोस्रो पटक उपाधिमाथि कब्जा गर्न चाहन्छ । उसका कप्तान कप्तान कुवेर सिंह सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् भने उनको नाममा एक ह्याट्रिक पनि छ । उनी हालसम्म खेलिएका तीन खेल मध्ये दुई खेलमा म्यान अफ द म्याच भएका छन् । यसका साथै स्टार सिटीमा रहेका नेपाली राष्ट्रिय टोली र ए डिभिजन क्लबाट खेलेका खेलाडीहरुका साथै धनगढी र विभिन्न स्थानका खेलाडीहरु भएका कारण स्टार सिटी उपाधि जित्ने गरी मैदान उत्रिनेछ ।

पहिलो खेलमा पुर्नवास नगर खेलकुद विकास समितिलाई २–० ले हराएको स्टार सिटीले क्वाटरफाईनलमा घोडाघोडी युबा क्लबलाई १–० ले हराएको थियो । सेमिफाईनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै स्टार सिटीले बिएस १५ स्पोर्टस एकेडेमीलाई ६–२ ले हराएर उपाधि नजिक पुगेको हो । हालसम्मका खेलमा एकै खेलमा त्यो पनि एक हाफमा सबैभन्दा बढी ८ गोल भएको खेल नै स्टार सिटी र बिएस १५ बीचको रहेको छ । स्टार सिटीले हालसम्म दुई गोल खाँदा विपक्षीको पोष्टमा ९ गोल गरेको छ । फाईनलसम्मको यात्रामा बलिया र उपाधि दावेदार टोलीलाई हराएकोले स्टार सिटीले उपाधि जित्नका लागि उत्कृष्ट प्रदर्शन गर्ने क्लबले जनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट क्लब पनि पहिलो सहभागीतमा पहिलो उपाधि जित्न चाहन्छ । प्रतियोगितामा हालसम्म भएका दुई ह्याट्रिकमा एक ह्याट्रिक गरेका हरिश भट्ट ईलाईटमा छन भने उनी सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । यस्तै निकै लामो समयदेखि सुदुरपश्चिमको फुटबलसँग आबद्ध भएका खेलाडीहरुका साथै दुई जना विदेशी खेलाडीको प्रदर्शनले ईलाईटले फाईनलसम्मको यात्रा तय गरेको हो । फाईनलसम्मको यात्रामा ईलाईटले सबैभन्दा कम १ गोल मात्रै खाएको छ भने हालसम्म ९ गोल गरेको छ । जस कारण पनि ईलाईटले उपाधिमाथि दावेदारी गरिरहेको छ । पहिलो खेलमा अल स्टार्स स्पोर्टस एकेडेमीमाथि १–० को जित निकालेको ईलाईटले क्वाटरफाईनलमा नेपाल प्रहरी सुदुरपश्चिम प्रदेशलाई ५–१ ले हराएको थियो । सेमिफाईनलमा बलियो आयोजक फारवेष्ट पशुपति युवा क्लबमाथिको ३–० को जितले टोलीलाई उच्च मनोबलमा राखेको छ । उपाधि जितेर लैजाने पक्षमा रहेको ईलाईटले जनाएको छ ।

छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?