ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

उद्योगीहरुलाई युरोसिक्स र उर्जा दक्षता तालिम

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल ।

रुपन्देहीका उद्योगी तथा त्यहाँ कार्यकरत कर्मचारीहरुलाई युरोसिक्स र ऊर्जा दक्षता तालिम आयोजना गरिएको छ ।

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका अटोमोवाइल सम्बन्धी उद्योग÷अटो वर्कसपमा कार्यरत पेसाकर्मीहरुको सीप अभिवृद्धिका लागि मंसिर १८ देखि पुस ११ गतेसम्म संचालन भएको ९६ घण्टे युरोसिक्स भेहिकल टेक्नोलोजी विषयक तालिम समापन गरिएको छ ।

त्यसैगरी ४८ घण्टाको ऊर्जा दक्षता विषयक सिप अभिवृद्धि तालिम शुक्रवार समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम गरी सम्पन्न गरिएको छ बुटवल अटो इन्जिनियर्स एशोसिएशनका अध्यक्ष तुल्सीराम न्यौपानेले बताए ।

तालिम समापनका अवसरमा बोल्दै वुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गरी नयाँ प्रविधिको उचित उपयोगका लागि यस्ता तालिमले योगदान पुर्याउने बताइन् । उनले अहिलेको प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्तिका लागि यस्ता सीप विकासका तालिमको महत्वपूर्ण योगदान रहने बताइन् ।

रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघ अन्तर्गत लुम्बिनी प्रदेशस्तरमा उद्योगमा कार्यरत पेशाकर्मीहरुका लागि विभिन्न विषयमा सीप अभिवृद्धि तालिमहरु संघमार्फत संचालन भइरहेकोे जानकारी गराउँदै रुपन्देही उद्योग संघले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको प्राविधिक सहयोगमा बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशन अटो मोवाइल वर्कसपमा कार्यरत कामदारहरुका लागि सीप अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले आगामी दिनहरुमा संघले उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्ने र सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने लक्ष्य राखेको जनाए ।

बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनका अध्यक्ष तुल्सीराम न्यौपानेले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिलाई बदलिदो नयाँ प्रविधिको परिवेशमा समयानुकुल सीप अभिवृद्धि गर्दै दक्ष जनशक्तिको उत्पादन हुनु समयको माग रहेको भनाई राख्दै तालिमको लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघलाई धन्यवाद दिए ।

२० जनाको सहभागिता रहेको तालिममा दक्ष प्रशिक्षकद्वारा दैनिक ४ घण्टा (२४ दिन) सम्म संचालन भएको थियो । समापन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष खड्गवहादुर गौतम, प्रेस सल्लाहकार दामोदर खनाल र एशोसिएशनका पदाधिकारी, सदस्य, इन्स्योर प्रतिनिधि प्राविधिक अफिसर नरेस सिंह थारु र रुपन्देही उद्योग संघ सिप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालको समेत सहभागिता रहेको थियो भने एसोसिएसनका महासचिव ध्रुवराज भुसालले बताए ।

शुक्रवार सम्पन्न ऊर्जा दक्षता तालिमको समापनको अवसरमा कार्यक्रमका अध्यक्ष तथा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उत्पादनमूलक उद्योगमा कम लागतमा उत्पादन वढाउनसके तालिमको उद्देश्य पूरा हुने जानकारी गराउदै सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीहरुलाई उत्प्रेरित गरेका थिए । उनले सम्बन्धित पेशामा सिप अभिवृद्धि हुनसके तालिमले सार्थकता पाउने जनाए । १८ जना सहभागीहरुको सहभागिता रहेको यो तालिममा दक्ष प्रशिक्षकद्वारा दैनिक ४ घण्टा (१२ दिन) सम्म संचालन भएकोरुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?