© २०२३
बुटवल, १३ पुस । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगितामा नवलपरासीले पाल्पा जिल्लालाई ९ विकेटले पराजित गरेको छ ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सिद्धार्थनगर क्रिकेट स्टेडियम, भैरहवामा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको पाल्पाले ३८.५ ओभरमा सबै बिकेट गुमाएर १ सय ६६ रनका लक्ष्य खडा गरेको थियो । पाल्पाका लागि ओपनर ब्याटसम्यान रुपेश बश्यालले ३९, नर बहादुर सार्कीले २९ रनको योगदान दिएका थिए । नवलपरासीका इकलाख वारसीले ७.५ ओभर बलिङ गर्दै ३७ रन खर्चेर शानदार ५ बिकेट लिएका थिए । यसैगरि रोशनलाल गुप्ता र करन बिकले समान २—२ बिकेट लिएका थिए ।
मध्यम लक्ष्य पाएका नवलपरासीका ब्याट्सम्यानहरु ३४.१ ओभरमा केवल एक बिकेटको नोक्सानीमा लक्ष्य भेटाए । ओपनर ब्याट्सम्यान रन्जित खड्काले ४ चौकाको मद्यतमा ६४ बलमा ३० रनको योगदान दिए । यसैगरि सम्राट भुषाल र दिलशाद अलीको जोडीले शानदार अर्धसतकिय नटआउट पारी खेल्दै टिमलाई विजयी बनाए । सम्राटले ५ चौकाको मद्यतले १ सय १ बलमा ६२ रन तथा दिलशादले ४ चौका र एक छक्कको मद्यतले ४३ बलमा ५२ रनको योगदान दिए ।
खेलमा नवलपरासीका एकलाख वारसी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार रुपन्देहीले आफनो दोस्रो खेल पाल्पा टिमसंग खेल्ने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए । छनौट खेल अन्तरगत सिद्धार्थनगरमा कपिलवस्तु, परासी, पाल्पा र रुपन्देही जिल्ला तथा लमहीमा बाके, बर्दिया र दाङ जिल्लाको खेल हुने छन ।