ट्रेंडिंग:

>> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै

भोलिदेखि बुटवलमा सडक खाना महोत्सवः विभिन्न जातजाती र संस्कृतिका परिकार राखिने

१३ पुष २०८०, शुक्रबार
१३ पुष २०८०, शुक्रबार

बुटवल, १३ पुस ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सव हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ स्थित तीनकुनेदेखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा हुने महोत्सवको तयारी पूरा भएको शुक्रबार सचिवालयमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालिन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले बताए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सडक खाना महोत्सव हुने भएको उनले बताए ।

महोत्सवमा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टलहरु राखिने उनले बताए । महोत्सव सम्पन्न गर्नको लागि मूल समिति तथा विषयगत २९ वटा समिति गठन गरिएको छ । उज्यालो बुटवलको रुपमा विकास हुँदै गरेको कालिका पथको सडकमा आयोजना गरिएको सडक खाना महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य रहेको उनले बताए । खाना महोत्सवको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने र कार्यक्रमको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने संघका महासचिव अर्जुन थापाले बताए ।

नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्घन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारालाई यो वर्ष आत्मसात गरिएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । उनले ब्यवसायलाई चलायमान बनाउन महोत्सवबाट मद्दत मिल्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, सल्लाहकार बालाराम भट्टराई, चिरञ्जीवी शर्मा, कुलचन्द्र पाण्डे, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम भट्टराईले सडक खाना महोत्सव यस क्षेत्रकै पहिचान बनेको दाबी गरे । संघका सचिव थमन भण्डारीले मौलिक पहिचान दिने खानाका परिकारसहितका एक सय स्टल दर्ता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?