ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

रुपन्देही जिल्ला टेबल टेनिस संघको पदस्थापना कार्यक्रम

दक्ष जनशक्तिलाई सहि ढंगबाट उपयोग गर्ने नीति बनाउन जरुरी
१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

बुटवल, १२ पुस । रुपन्देही जिल्ला टेबल टेनिस संघको १८ औ साधारण सभा तथा छैटौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले कार्यक्रमको समुद्घाटन गर्दै संस्थागत सुदृढीकरणको अभियानलाई जोड दिन सुझाव दिए ।

जिल्लास्तरको खेलसंस्था संघमा नभए प्रदेश अन्तरगत भएको उनले बताए । लुम्बिनी प्रदेश समन्वय गरि अघि बढ्न तयार रहेको उनले बताए । खेलकुद नेता खेलकुदको विकासको लागि जन्माउन जरुरी रहेको उनले बताए । विद्यालयस्तरबाट खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको उनले दाबी गरे । लगानीका हिसाबबाट खेलकुदमा नीजि क्षेत्रबाट सबैभन्दै धेरै लगानी देखिने भन्दै सरोकारवाला संघसंस्थाहरुलाई जोडेर अघि बढ्नुपर्ने बताए । टेबलटेनिस खेलको जनशक्ति विकासमा रुपन्देहीको महत्वपूर्ण योगदान भएको भन्दै आगामी दिनहरुमा सहि ढंगबाट लैजान सके खेल विकास हुने बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नर बहादुर क्षेत्रीले टेबलटेनिस खेलाडी, खेलप्रेमीहरुलाई जोड्दै खेल विकासलाई जोड दिने प्रतिवद्घता जनाए । टेबलटेनिस संस्थागत रुपमा बलियो भएपनि अझै पनि पुर्वाधारको अभाव रहेको उनले बताए । आफ्नो कार्यक्रममा एउटा खेलकुद पुर्वाधार गर्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा प्रमुख सल्लाहकार अर्जुनमान सैजुले संस्था रहेमात्र खेल र खेलाडीको गरिमा बढ्ने भन्दै संस्था विकासमा जोड दिन सुझाव दिए । संस्था आर्थिक रुपमा बलियो बनाउन अक्षयकोष वृद्धि गर्न आग्रह गर्दै गतिविधि पहलमा उनले जोड दिए ।
कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यले आफनो कार्यकालमा मेयर कपसहित विविध प्रतियोगिता र आईटिटिएफ प्रशिक्षक लेभल २ पास गरेका दक्ष जनशक्ति तयार भएको बताए ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव राजेन्द्र श्रेष्ठ, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्ष महेश खनाल, सचिव रमेश न्यौपानेले सहकार्य गर्दै खेल विकासमा लाग्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?