ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

लुम्बिनी एक्स्पोमा संस्थागत सहभागिता बढ्दै, दर्शकको चापले व्यवसायीमा उत्साह

१२ पुष २०८०, बिहीबार
१२ पुष २०८०, बिहीबार

बुटवल, १२ पुस ।

रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ । व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा राखेकाले पनि ती संस्थाहरुले आफ्ना सबै कार्यसमितिसँगै अन्य सदस्यहरुको साथमा सहभागिता जनाएर एक्स्पोको महत्वलाई बढाएका छन् । बिहीबार मात्रै चेम्बर अफ कर्मर्श लुम्बिनी, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संगठन, तनहुँको बन्दीपुर गाउँपालिकाको टोली, कालिका स्कुलको पर्यटन शाखाको टोली, ११ नम्बरको प्रौढ समाजको टोलीलगायतका संस्थाहरुले संस्थागत रुपमा अवलोकन गरेका छन् ।

संस्थागत सम्बन्ध बिस्तार र एक्स्पोलाई सहयोग गर्न यसरी अवलोकन भएको प्रचार संयोजक फर्सुराम पन्तले जानकारी दिए । बिहीबार प्रहरीको डिआईजीको नेतृत्वमा अवलोकन तथा बुटवल उपमहानगरका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा मेलाको अनुगमन भएको र अहिलेसम्म कुनै समस्या नआएको पन्तले बताए ।

आउने अवलोकनकर्तालाई कसरी सेवा र सुविधा दिन सकिन्छ भनेर आयोजक तथा आयोजकहरुका सहयोगी संस्थाहरु लागिपरेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बताए । बुटवलमा हुने हरेक प्रदर्शनी, एक्स्पो, महोत्सव वा मेला जे भएपनि यहाँका सबै संघसंस्थाको सामुहिक आयोजकको भावना रहेकाले सबै साथ रहने उनले बताए । व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्णप्रसाद घिमिरेका अनुसार अहिलेसम्म २ लाख २० हजार दर्शक अवलोकन गरेको र अवलोकनकर्ताको चाप बढ्दै गएको जानकारी दिए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक संस्थाले राखेको छ ।

दर्शकको भिड लाग्ने र अवलोकनका लागि असहज नहोस भन्ने हेतुले मेला आयोजना स्थलमा सानासाना कुराहरुमा पनि ध्यान दिने गरेको त्यहा प्राप्त सेवाले पनि पुष्टि गर्दछ ।

निमार्णाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोकन गर्नसक्ने क्षमता रहेको छ । मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन् । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । त्यसमा पनि स्टल भित्रै एक परोपकारी संस्थाले खानेपानी र मोवाईल रिचार्जको निशुल्क प्रबन्ध गरेको छः त्यो संस्था हो बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडांै ।

सामान्य लाग्ने तर अवलोकनकर्तालाई निकै समस्या पर्न सक्ने अवस्था हुन्छ । स्टल हेर्दै जादा तिर्खा लाग्न सक्छ, पानी पिउन मन लाग्न सक्छ या त मोबाईलको चार्ज सकियो वा बच्चालाई स्तनपान गराउनु पर्यो भने अवलोकनकर्तालाई निकै समस्या पर्छ । यहि समस्यामा सहयोगी बनेको छ ओम्स । प्रदर्शनी स्थलमा रहेको स्टल नम्बर २७९ मा बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडौले निशुल्क पिउने पानी तथा निशुल्क मोबाइल्ल चार्ज र निशुल्क स्तनपान कक्ष प्रदान गरेको छ ।

खाद्य बस्तुहरु सम्बन्धि बिक्रि गर्ने कम्पनी प्रतिनिधिहरु र डिलर प्रतिनिधिहरुको संयुक्त सस्था ओम्सका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले धेरैको कम ध्यान जाने तर सामाजिक कामबाट सन्तुष्टि मिल्ने र समाज सेवाको उद्देश्यले सेवा गर्न स्टल राखेर सेवा दिइरहेको बताएका छन् ।

ओम्सका आजिवन सदस्य प्रकाश शर्माले निशुल्क तातो चिसो पानी दैनिक ५०–६० जार वितरण गरिएको बताए । उनले सार्वजनिक बिदाको दिनमा आउने बालबालिकाहरुलाइ दैनिक ५ सय जनालाइ बिस्कुट र चकलेट वितरण गरेको बताएका छन् । सो सेवा प्रदान गर्नका लागि ओम्सका सदस्यहरुले आलोपालो माध्यमबाट काम गरिहेका छन् । ओम्सको लुम्बिनी साखा कार्यालय रुपन्देहीमा १३५ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?