© २०२३
बुटवल, १२ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) रुपन्देहीको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट गिरीराज पाण्डेको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा राजेशप्रसाद पाण्डे, सचिवमा गोबिन्द बस्नेत, कोषाध्यक्ष दिपेश अर्याल तथा सदस्यहरुमा उपेन्द्र यादव, समिर सुवेदी, रामचन्द्र खरेल, अर्जुन पौडेल निर्वाचित भएका छन् ।
अधिवेशन उद्घाटन गर्दै इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले आफुहरुप्रति राज्यको बुझाई सकरात्मक बनाउन आग्रह गरे । सरकारबाट गर्नुपर्ने कामलाई सहजिकरण गर्दा समेत जस नपाएको उनको गुनासो थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही अध्यक्ष देव बहादुर कुवरले नकारात्मक कार्य गर्नेलाई कानुनी दायरामा इक्यान रुपन्देही सधै साथ रहने बताए । उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरुका लागि सहज बनाउन नेपाल शैक्षिक परामर्श संघ निरन्तर लागि परेको बक्ताहरूले बताए । कार्यक्रमा गिरीराज पाण्डे, नवराज कुवर लगायतले शुभकामना दिएका थिए ।