ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

बीएस–१५ र इलाइट युवा क्लब फारवेष्ट पशुपतिकपको सेमिफाइनलमा

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

धनगढी, ११ पुस ।

कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । बुधवार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस–१५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

बुधवार दिनको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १–१ गोल गरे । खेलको १३ औँ मिनेटमा हरिस कडायतको गोल मार्फत अग्रता बनाएको बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको ४ मिनेट पछि गोल फर्काएर खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो । खेलको म्यान अफ दी म्याच हरिस कडायत चुनिदा उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे ।

बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५–१ गोल अन्तरको फराकिलो जित दर्ता ग¥यो । इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे । उनले खेल सुरु भएको १० औँ मिनेटमै पहिलो गोल गरेर टिमलाई उत्साह तर्फ अघि बढाउँदा त्यसको १ मिनेटपछि ११ औँ मिनेटमा अर्को गोल गर्ने अवसर बनाए । खेलको ३५ औँ मिनेटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपाल प्रहरीको टिम ३–० गोल अन्तरले पछि प¥यो ।

दोस्रो हाफको ९ औँ मिनेटमा विनोदले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका अनुज गैरेको गोल मार्फत फराकिलो अग्रता बनाएको टिम विरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनेटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनल पुगेको हो । खेलको म्यान अफ दी म्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए । उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे ।

प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउसो २ बजे आयोजक फारवेष्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन् । शनिवार फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?