ट्रेंडिंग:

>> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि एके ग्राफिक्सलाई

११ पुष २०८०, बुधबार
११ पुष २०८०, बुधबार

भैरहवा, ११ पुस ।

लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि एके ग्राफिक्स, भैरहवाले जित्न सफल भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा न्यू सिटीपी प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एके ग्राफिक्सले उपाधि हात पार्न सफल भएको हो ।उपाधिसँगै एके ग्राफिक्सले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको न्यु सिटीपी प्वाइन्टले नगद १३ हजार र ट्रफी हात पारेको छ ।

सिद्धार्थनगर–९ गोनहियास्थित रेडक्रसको मैदानमा भएको फाइनल खेलमा जीतका लागि ७१ रनको लक्ष्य पाएको एके ग्राफिक्सले निर्धारित ५ ओभरको खेलमा ४ बल बाँकी छँदै ३ विकेट गुमाएर जित आफ्नो पक्षमा पार्यो । एकेका लागि संजय यादवले सर्वाधिक ३३, मोहम्मद रफिकले १२ र जितेन्द्र चौधरीले ८ रनको योगदान दिए । बलिङमा न्यू सिटीपीका प्रविन पौडेल, श्रीधर केसी र सुशील रिजालले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यू सिटीपीले निर्धारित खेलमा २ विकेटको क्षतिमा ७० रनको सामान्य योगफल बनाएको थियो । उसका लागि श्रीधर केसीले २०, प्रविन केसीले १६ र प्रकाश पाण्डेले १० रन बनाए । बलिङमा एके ग्राफिक्सका जितेन्द्र चौधरी र मोहम्मद रफिकले १–१ विकेट लिए । खेलमा एकेका संजय यादव म्यान अफ द फाइनल भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा न्यू सिटीपीका श्रीधर केसी उदयमान खेलाडी र सीटीपीकै सुशील रिजाल उत्कृष्ट बलर हुन सफल भए । यस्तै, एके ग्राफिक्सका हृदयेश हरिजनले बेष्ट ब्याट्सम्यानको उपाधि जित्न सफल भए । उनीहरुले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गरे ।

आजै भएको पहिलो सेमीफाइनल खेलमा न्यु सिटीपीले सीता मेडिकल हल, रोहिणीलाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने एकेले बैंकर्स क्लब, भैरहवालाई पनि ४ विकेटले नै पराजित गर्दै फाइनल पुगेको थियो । २ दिनसम्म सञ्चालित प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका ९ वटा टीमको सहभागिता रहेको थियो ।

विजेता र उपविजेता खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विक, सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देही प्रमुख हुमाकान्त पाण्डे, प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष दीपेश पछाई, निवर्तमान अध्यक्ष नरेश केसी, सल्लाहकार मनोरञ्जन शर्मा, दीपेन्द्र बडुवाल, शारदा मल्ल, क्लबका सचिव तथा प्रतियोगिता संयोजक प्रकाश न्यौपाने, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, उपविजेता पुरस्कार प्रयोजक ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका सञ्चालक पुनमकुमारी अग्रवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?