© २०२३
बुटवल, ९ पुस । भारतको हैदरावादमा भएको १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा नेपाल दोस्रो भएको छ । नेपालका खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको हो । पुष २ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा कपिलस्तुको आइरन मेन ’जिवन गिरी’ ले अमेरिका र भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण हात पारे । उनले ईन्क्लाईट बेन्च प्रेस (आईबिपि) १ सय ५ केजी तौल समुहमा स्वर्ण जितेका हुन ।
प्रतियोगितामा बुटवलकी रिता बिक ५८ केजी तौलमा स्वर्णसहित ओभरअल च्याम्पियन बनेकी छिन । भने प्रतियोगितामा दिलिप थापाले सब जुनियर स्ट्रेन्थ लिफिटिङ (एसएल) र आईबिपि ६० केजीमा तथा अमृता खड्काले ५८ केजी तौलको आईबिपि र एसएल दुबैमा दुई—दुई स्वर्ण
जितेका छन । नेपालका अमृत रोक्काले मास्टर ईन्क्लाईट बेन्च प्रेस (आईबिपि) र स्ट्रेन्थ लिफिटिङ (एसएल) ६८ केजी तौलमा स्वर्ण र रजत जितेका छन ।
यसैगरि रत्न नागाखुसीले आईबिपि ८५ केजी, डा प्रतिक श्रेष्ठले आईबिपि ७६ केजी, प्रदिप चन्दले ७६ केजी जुनियर मेन आईबिपिमा स्वर्ण जितेका छन । मेनाका पौडेलले ६८ केजी तौलमा आईबिपिमा स्वर्ण जितेकी छिन । यसैगरि सोनीदेवी दासले ५२ केजी तौल आबिपिमा र खगीसरा घर्तीले सिनियर ६५ केजी एसएलमा स्वर्ण जितेकी छिन ।
यसैगरि सन्तोष काजी शाक्यले आईबिपि ७६ केजीमा रजत, प्रशिद्ध भक्तराज लवतले ८५ केजीमा कास्य, कबिर भगत प्रधानाङले आईबिपि ९५ केजीमा रजत, केदारेश्वरमान स्थापितले ७६ केजीमा रजत, राजेश सुवालले १०५ केजीमा रजत, गोकर्ण केसीले एसएल ७६ केजीमा कास्य, मनोज के चौधरीले आईबिपि ६० केजीमा रजत, नन्देश्वर सिहले सिनियर ५२ केजीमा कास्य, अरुण कार्कीले जुनियर आईबिपि र एसएल दुबैमा रजत र कास्य, शैलेन्द्र प्रसादले जुनियर एसएल ६८ केजीमा रजत, प्रतिक चौधरीले सिजियर आईबिपि र एसएल ७६ केजीमा दुई रजत, सरु लखाजुले सिनियर बुमन आईबिपि ७६ केजीमा रजत, रोशनी डुम्रेले जुनियर महिला ५२ केजीमा रजत जितेका छन ।
लालबहादुर शास्त्री स्टेडीयममा संचालित खेलमा युरोप, अमेरिका र एशियाका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागीता रहेको थियो । खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागीता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना गरेको स्ट्रेन्थ लिफ्टिङ्ग फेडरेशनका महासचिव जिवन गिरीले बताए ।