ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरू

९ पुष २०८०, सोमबार
९ पुष २०८०, सोमबार

नवलपुर, ९ पुस ।

राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला स्तरीय सोह्रौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता पूवी नवलपरासीको पिठौलीमा सुरू भएको छ ।

जिल्ला स्थित विभिन्न बिद्यालयका छात्रछात्राहरू सहभागी खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका थिए ।

पहिलो दिन मार्चपास सहित कवड्डी, भलिवल १ सय ४ सय १५ सय मिटर दौड तथा सटपट तथा लङजम्पका विभिन्न खेलहरू खेलाईएको थियो ।

प्रतियोगिताको छात्र १ सय मिटर दौडमा जमाबि त्रिभुवनटार प्रथम, जनता सिद्ध अमर माबि लुसलहरी द्वितीय र नवजागरण नमुना माबि चोरमारा तृतीय भएको छ ।

यसरी नै ४ सय मिटर छात्र तर्फ जनता त्रिभुवनटार, जनता टाँडी अरूणखोला र नवजागरण नमुना चोरमारा कमशः प्रथम द्वितीय र तृतीय भएको छ ।

छात्रातर्फ मणिसंगम माबि डाडाजोर प्रथम,देवचुली माबि देवचुली द्वितीय र धर्मात्मा माबि मचेडी तृतीय भएको हो ।

छात्र १५ सय मिटर दौडमा भिमसेन रामबास,नवजारण चोरमारा र जनता मावि विष्णुनगर प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेको छ ।

१५ सय मिटर छात्रा दौडमा त्रिभुवन मावि बुलिङ प्रथम, नगरडाडा मावि बौदिकाली द्वितीय र मणि संगम मावि डाडाजोर तृतीय भयो ।

छात्र सटपटमा जीवनज्योति मावि कावासोती प्रथम, भिमसेन नमुना मावि द्वितीय र कृष्ण गण्डकी मावि ढोडेनी तृतीय भएको छ ।

सटपट छात्रामा पृथ्वी मावि पृथ्वी नगर, डेडगाउँ मावि डेडगाउँ र नवजागरण चोरमारा प्रथम द्वितीय र तृृतीय स्थान हात लागेको छ ।

छात्रहरूको लङ्गजम्पमा सरस्वती मावि गोछडा प्रथम, भानुदय मावि चुकाहा द्वितीय र जनता मावि इटौरा तृतीय तथा छात्रा तर्फ त्रिभुवन मावि बुलिङ्गटार,मणि संगम डाडाजोर भानुदय चुकाहा कमशः प्रथम द्वितीय र तृतीय भएको छ ।

यसैगरी मार्चपासमा लिटिल स्टेप एकेडमी अरूणखोला प्रथम,सरस्वती निकेतन आमावि गैडाकोट द्वितीय र नोवेल एकेडमी कावासोती तृतीय र भिमसेन आदर्श देवचुलीलाई सान्त्वना स्थान मिलेको छ ।

यसरी नै प्रतियोगितामा पहिलो दिन छात्रछात्राहरूको कवड्डी तथा भलिवलका स्पर्धा हरू पनि भएका थिए ।

स्थानीय शान्ति निकुञ्ज माविको व्यवस्थापन तथा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा संचालित ३ दिने रनिङशिल प्रतियोगिता मंगलबार सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?