ट्रेंडिंग:

>> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया

राईनो संरक्षण गोल्डकप हुने

८ पुष २०८०, आईतवार
८ पुष २०८०, आईतवार

नवलपुर, ८ पुस ।

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २७ गते शनिवारदेखि हुने भएको छ ।

राइनो क्लवको आयोजनामा आगामी माघ २७ गते देखि फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुने आज पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।

विगत २ दशक पुरानो राइनो कप फुटबल प्रतियोगिता राष्ट्रिय स्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालबाट सञ्चालन गरिए पनि कोरोना महामारीमा स्थगित भएको थियो । अव पुनः सञ्चालनमा आउने संरक्षक संस्था नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले पत्रकार समेलन मार्फत जानकारी गराए ।

प्रतियोगितामा विभागीय टिम सहित ए डिभिजनका ५ टिम र गण्डकी, लुम्बिनी, बागमती, मधेश प्रदेश र आयोजकसहित करिव ७ टिम गरी जम्मा १० देखि १२ टिमले उपाधिका लागि प्रतियोगितामा प्रतिष्पर्धा गर्ने अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र सर्वाधिक गोलकर्ताले १० प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा आफ्ना राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफू यस क्षेत्रको स्थानीय समेत रहेकाले प्रतियोगितालाई स्थानीयकै नजरले हेरेर काम गर्ने बताए ।

लामो इतिहास बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को तर्फबाट सहयोग गर्न तत्पर रहेको शर्माको भनाई छ ।

मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानीय खेलाडी उत्पादन गर्न आफ्नो र नगरपालिकाको प्राथमिकता राख्दै काम गरेको भन्दै यस राइनो कपको निरन्तरता र विकासका लागि नगरपालिकाले सकारात्मक रुपमा हेरेको बताए । उनले नवलपुर र मध्यविन्दु नगरपालिकाको मात्र नभई देशकै शान रहने भन्दै यसको विकासका लागि तीनैतहका सरकारको विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजीकरण राइनो क्लवका सदस्य पूण्यप्रसाद बस्यालले गरेका थिए । विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत २ दशक देखि प्रतियोगिता संञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?