ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या : व्यवसायी

७ पुष २०८०, शनिबार
७ पुष २०८०, शनिबार

भैरहवा, ७ पुस ।

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समेत असर परेको बताए ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले अवैध मदिरालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

भैरहवामा भएको कार्यक्रममा बोल्दै मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई व्यवस्थित गर्न संघले अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको बताए । उनले वार्षिक कार्ययोजना तय गरेर संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले मदिरा व्यवसायी संघ भैरहवाले रचनात्मक कार्य गर्दै आएको बताए ।

मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष अवैध रुपमा आयात हुने मदिरामा रोक लगाउनुपर्ने बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले धेरै रचनात्मक कार्य गरेर संघ नमूना संस्था बन्न सफल भएको बताए ।

सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले मदिरा व्यवसायी संघ र होटल एशोसियशनबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले अवैध रुपमा मदिरा भित्रिदा व्यवसायी मर्कामा परेको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले नयाँ नेतृत्वले अझ सक्रियतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले स्थापनाको छोटो अवधिमै मदिरा व्यवसायी संघ भैरहवाले धेरै काम गर्न सफल भएको बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले मदिरा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले संगठित भएर अघि बढे समस्या समाधान गर्न सहज भएको बताए ।

मदिरा व्यवसायी संघ, भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले धेरै राम्रो काम गर्दै आएको संघले आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अवैध रुपमा उत्पादन हुने मदिराले वैध रुपमा व्यवसाय सञ्चालन गरेका व्यवसायी मर्कामा परेको बताए ।

नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले अवैध रुपम विदेशी मदिरा भित्रिदा व्यवसायीलाई मात्र नभइ राज्यलाई पनि घाटा हुने बताए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले अवैध रुपमा मदिरा विक्रीवितरण गर्नेलाई कानूनको दायरामा ल्याउने कार्यमा कार्यालयलाई मदिरा व्यवसायी संघ, भैरहवाले सहयोग गरेको बताए । उनले नक्कली मदिरा उत्पादकलाई कारवाही गर्न सफल भएको बताए । उनले नयाँ नेतृत्वले अझ बढी सक्रियताका साथ गैरकानूनी कार्यलाई रोक्न आवश्यक सहकार्य गर्ने विश्वास लिएको बताए । उनले सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुँवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पत्रकार गुप्ता सम्मानित

मदिरा व्यवसायी संघ भैरहवाले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरेको छ । संघले पत्रकार गुप्तालाई नगद रु. ११ हजारसहित सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरेको हो । संघको गतिविधिहरुलाई समाचारको माध्यमबाट सम्प्रेषण गरी संस्थालाई अगाडि बढाउन योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको संघले जनाएको छ । विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुप्ता गौतमबुद्ध सन्देश दैनिक, खबरपात्रो डट कम, बुद्ध सामुदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । त्यस्तै संघको कार्यालय सञ्चालनका लागि निःशुल्क रुपमा कोठा उपलब्ध गराएको भन्दै मदिरा व्यवसायी संघ भैरहवाका कार्यसमिति सदस्य तेज बहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पाण्डे

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका छन् ।

निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराएका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?