© २०२३
बुटवल, ७ पुस । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रामबहादुर कोइरीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान शिविर संचालन गरि मनाएका छन । नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा शनिबार होटल मौर्यमा उनले आफनो जन्मदिनलाई रक्तदान कार्यक्रम गरि मनाएका हुन । शिविरमा होटल मौर्यका कर्मचारी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सदस्य परिवार, क्वालिटी रोटो प्याकेजिङ्गका कर्मचारीहरुले रक्तदान गरेका थिए ।
क्लबका अध्यक्ष रामबहादुर कोइरीले विगत वर्षदेखी नै आफनो जन्मदिनमा रक्तदान कार्यक्रममा सहयोग गर्दै आएको बताए । शिविरमा ३० युनिट रगत संकलन भएको उनले बताए । क्लबका भुतपुर्व अध्यक्ष कृष्ण पाण्डे, प्रेम शर्मा लोहनी, बिमल सेन्चुरी, क्लबका सचिव गंगाधर भण्डारीले शिविरमा रक्तदान गरेर सहयोग गर्ने रक्तदाताहरूलाई प्रमाणपत्रबाट सम्मानित गरेका थिए ।
रक्तदान कार्यक्रम आयोजना गरेका अध्यक्ष रामबहादुर कोइरीलाई रक्तसंचार केन्द्रबाट कदर पत्रबाट सम्मानित गरिएको थियो ।