© २०२३
बुटवल, ७ पुस । बुटवलको पुरानोमध्यको एक सरस्वती आधारभुत विद्यालयमा हीरक जयन्ती शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८० को अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गर्दै शुभारम्भ गरिएको घोषणा भएको हो । ‘अर्को वर्ष भब्य रुपमा हीरक जयन्ती मनाउने छौ ।’— विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सहनशील प्रसाद लिगलले बताए ।
यसैबिच नगरप्रमुखलाई मुल संरक्षक, उपप्रमुख र वडाअध्यक्षलाई सहसंरक्षण पदस्थापन गरि दोसल्ला र ढाका टोपीबाट सम्मान गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शैक्षिक विकासमा स्थानिय सरकारको प्राथमिकता राखेर योजना अघि बढाएको बताए । बालबालिको पहुचमा विद्यालयको पहिचान गरि स्तरवृद्धि र गुणस्तर बढाउने गरि आफुहरु निरन्तर सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भुषालले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयको स्तरवृद्धि गर्न सबैको पहल जरुरी रहेको बताए । कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, वडासदस्य असोक राई, शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले पुरानो ईतिहास बोकेको विद्यालयको विकासमा स्थानिय जुट्नुपर्ने बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा सहयोगदाता, शिक्षक सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विजयरत्न शाक्यले बताए । बुटवल उपमहानगरपालिका वडा नं १ मा पर्ने विद्यालयमा २ सय ५० जना विद्यार्थीहरु अध्ययरत छन भने ११ जना शिक्षक, कर्मचारीहरु सेवा दिईरहेका छन ।