Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

८ पुष २०८०, आइतबार
अ+
अ-

आज मिति २०८० साल पौष ०८ गते आइतबार। तदनुसार सन् २०२३ डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी तिथि। कृतिका नक्षत्र। धुम्र योग। कौलब करण। वृष राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.५३ / सूर्यास्तः १७.१३ बजे।

 

मेष (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)

मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ। भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

यात्राको योग रहेको छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा केही खटपट आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

छोटो दुरिको यात्रा हुन सक्नेछ। दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । कृषिकार्यबाट लाभ हुने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययनको क्षेत्र राम्रो छ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आजको दिनमा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सामाजिक कार्य गरि समाजमा कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ । आज आफन्तको समर्थन पाइने हुँदा मन प्रसन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । घर परिवार तथा आफन्तहरुसँग मनमुटाबको वातावरण सिर्जना हुनेछ सचेत रहनुपर्ने देखिन्छ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।