© २०२३
बुटवल, ७ पुस । रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेसनबाट कमल पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएका छन । शुक्रबार बुटवलमा भएको अधिवेसनबाट संघको वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा, उपाध्यक्ष बलराम पौडेल, सचिव केशवराज कंडेल, कोषाध्यक्ष रबिन्द्रकुमार श्रेष्ठ, सहसचिव राजेश सुवेदी, सहकोषाध्यक्ष गणेश पौडेल तथा सदस्यहरुमा नमकला बेल्वासे, ज्ञान प्रसाद खनाल, चिरन्जिवी पोखरेल, किरण थापा, धर्मागत काफले, रामप्रसाद भट्टराई सर्वसम्मत चयन भएका हुन ।
यसैगरि संघको लेखासमिति संयोजक बाबुराम घिमिरे, सदस्यहरु हरि देवकोटा, शेषकान्त घिमिरे तथा अनुगमन समिति संयोजक शरण हलुवाइ, सदस्यहरु बिष्णु प्रसाद भुषाल र कमल कंडेल चयन भएका छन ।
कार्यक्रममा महासंघका अध्यक्ष लिला बहादुर जिसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापती कृष्ण भट्टराई, संघका निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेलले नया कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । ब्यवसायीहरु ९० प्रतिशत कृषिजन्य कच्चा पदार्थ उपयोग गर्ने हुदा भ्याटबिलको समस्या तथा महङो घरभाडा चुनौती बनेको उनिहरको दुखेसो छ । बिसं २०६२ सालमा स्थापना भएको संस्था ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा समेत संघ अग्रसर रहेको छ ।