ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कार्ययोजना बनाउन रुपन्देही उद्योग संघको टोली सौराहमा 

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

बुटवल ।

रुपन्देही उद्योग संघको कार्ययोजना बैठक चितवनको सौराहमा सुरु भएको छ । संघमा नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले दुई वर्षे कार्ययोजना बनाउने योजनाअनुरुप आगामी दुई वर्षको कार्ययोजना बनाउन पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुसहिको तीन दिने कार्यशाला आयोजना गरिएको अध्यक्ष दिलिप सापकोटाले बताए ।

उनले अग्रज,संस्थापक उद्योगीहरुको उद्देश्यलाई ध्यान दिँदै संस्थाले आगामी कार्यकालमा पूरा गर्नसक्ने योजनालाई समेटेर मात्रै रणनीति तय गर्ने जनाए ।

कार्ययोजना बैठकमा प्रशिक्षक इन्द्र श्रेष्ठले संस्थाको रणनीति र कार्ययोजनाका विषयमा सहजीकरण गरेका छन् । कार्ययोजना शुभारम्भ कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठले उद्योग संघको इतिहासलाई जोगाउने र उद्योगीको हित र संरक्षणलाई जोगाउदै अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका थिए । पूर्वअध्यक्ष तेजकुमार पाठकले रुपन्देहीमा उद्योगीसँगसँगै सामाजिक क्षेत्रमा क्रियाशील भएको संस्थालाई अब पनि सोही योजनाअनुसार अगाडि बढाउनेगरी कार्ययोजना बनाउन सुझाव दिए ।

पूर्वअध्यक्ष तथा संल्लाहकार संयोजक बाबुराम बोहोराले संस्थाको योजना निर्माण र त्यसको कार्यान्वयनका लागि सबैको सक्रियता रहनुपर्ने सुझाएका थिए ।

निवर्तमान अध्यक्ष माधव पौडेलले संस्थागत विकास र उद्योगीको संरक्षणमा योजना बनाउने र कार्यसमितिभित्रै रहेका साथीहरुबीच सामीप्यता बढाउन यस्ता कार्यशाला फलदायी हुने बताए ।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले तीन दिने कार्यशालाले संस्थाका आगामी योजना बन्ने र सबैको साथमा त्यो योजना पूरा हुने बताए । महासचिव हिरामणी भट्टराईले संचालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकारहरु, पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यसअघि सौराहमै संस्थाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठक यसअघि सचिवालयले गरेका निर्णयहरु अनुमोदन गर्दै कार्यसमितिमा मनोनित तीन जना सदस्यहरु यादव गैरे, चन्द्रकान्त खनाल, दिलु शाहीलाई अध्यक्ष सापकोटाले शपथ खुवाएका थिए । संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीका अनुसार पुस ६ देखि ८ गतेसम्म चल्ने कार्ययोजना बैठकमा संस्थाको स्रोत परिचालन, उद्योगीका समस्या पहिचान र संस्थागत विकासका योजनामा रणनीति तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?