ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लुम्बिनी एक्स्पो आजदेखि सुरु हुँदै

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ५ पुस ।

खस्कँदै गएको मुलुकको अर्थतन्त्रलाई माथि उकास्ने लक्ष्यसहित आज बिहीबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । रुपन्देही व्यापार संघको आयोजनामा हुने लुम्बिनी एक्स्पोको तयारी पूरा भएको छ ।

संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागेको हो । यही पुस१८ गतेसम्म सञ्चालन हुने मेला निमार्णाधीन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा हुने छ ।

मेला आयोजक मूल समिति संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार मुलुकको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कँदै गएको, निजी क्षेत्रको मनोवल घट्दै गएको अवस्थामा हुन लागेको यो मेलाले निजी क्षेत्रलाई राहत दिने छ ।

मेलामा ६०० वटा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरु सहभागी हुनेछन् । मेलाका लागि होटल तथा रेष्टुरेन्ट २३, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग जुत्ताचप्पल ६८, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी ७८, श्रृंगार, उपहार तथा खेलौना ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान ५३, बैंक÷वित्तिय संस्थाएवं शैक्षिक संस्था १८, अटोमोवाइल्स, लुुब्रिकेशन, टायर तथा पार्टस् ६,आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा बेकरीज १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस ८ र औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहने छन् ।

संयोजक घिमिरेका अनुसार कृषि, महिला उद्यमी एंव सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रुपमा केही स्टल उपलब्ध गराइएको छ । एक्स्पो उद्घाटनअघि मेलास्थल बुटवलमण्डपबाट बिभिन्न जातजाति, धर्म, समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीको आयोजना गरिने छ । ¥यालीले बुटवल बजार परिक्रमा गर्ने छ । जनचेतना ¥यालीमा सहभागी उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको घिमिरेले बताए ।

संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोमा सहभागी हुन आउने दर्शकहरुलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न चर्चित राष्ट्रिय, स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताए ।

उनका अनुसार सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, डान्स आइडल प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ¥याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गपरने छ ।

एक्स्पोमा सुरक्षातर्फ निजी सुरक्षा कम्पनीको सहभागितामा एक्स्पोको तर्फबाट आवश्यकता अनुसार सुरक्षा प्रवन्ध मिलाइएको र सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिसि क्यामेराको समेत व्यवस्था गरिएको छ ।

मेलाको करिव १० लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार हुने आयोजकले अनुमान गरेका छन् । मेलाको उदघाटन एमाले उपाध्यक्ष, पुर्व अर्थमन्त्री एवं यस क्षेत्रका संघीय सांसद विष्णु पौडेलले गर्ने तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?