© २०२३
भैरहवा, ४ पुस ।
रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ मा ३० करोडको लागतमा होटल अल्ट्रा ईन्टरनेशनल सञ्चालनमा आएको छ ।
साढे ३ कठ्ठा जग्गामा निर्माण भएको होटल थ्री स्टार लेभलको होटलले समग्र पर्यटन प्रवद्र्धन गर्ने संचालक सुर्य दुवेले बताए ।
होटलमा जम्मा ४० रुम रहेका छन । १ सय जना राख्न सक्ने हाम्रो क्षमता रहेको संचालक दुबेले बताए । “हामीले थ्री स्टार लेभलको होटेल निर्माण गरेका छौं”– दुबेले भने, “३ हजार देखि १५ हजार प्लस सम्मको रुम छ । २ सय जनाको कार्यक्रम गर्ने हल छ । रेस्टुरेन्टमा १ पटकमा ५० जनासम्मलाई सेवा दिने क्षमता रहेको छ ।”
बुद्धिष्ट पर्यटक, लोकल पर्यटकलाई लक्षित गरी संचालनमा आएको होटल अल्ट्रा ईन्टरनेशनलमा आगामी दिनमा स्विमिङ पुल, पर्यटक गाइडको ब्यवस्था समेत हुने होटलका प्रवन्ध निर्देशक रिजन सुवालले बताए ।
होटल अल्ट्रा ईन्टरनेशनलमा सुर्य दुबे, भविश्वर दुबे, तिल प्रसाद भण्डारी, बालकृष्ण देवकोटा गरी ४ जना संचालक रहेका छन् ।