© २०२३
बुटवल, ३ पुस । उजिर सिंह माविको हीरक जयन्तीको अवसरमा मंगलबार विद्यार्थीहरुका बिचमा विविध खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन । कक्षा केजीका विद्यार्थीहरुका बिच भएको तातो आलु खेलमा रितु महत क्षेत्री प्रथम भएका छन । खेलमा रेबिसा जालन्धर दोस्रो तथा निर्जला केसी तेस्रो भईन । कक्षा १ का विद्यार्थीहरुमा भएको बेलुन फोर खेलमा समिर राना प्रथम, सैफ अलि रहिम दोस्रो तथा फैजल राइनी तेस्रो भए । कक्षा ४—५ का छात्रहरुका बिचमा भएको हिसाब दौडमा कक्षा ५ का विवेक बानिया प्रथम भए । कक्षा ४ का आयन खान दोस्रो तथा कक्षा ५ का ओबेत थापा तेस्रो भए । यसैगरि कक्षा ६—८ का छात्रहरुका बिचमा भएको हिसाब दौडमा संगम गाहा प्रथम भए । यसैगरि रक्षा बिक दोस्रो तथा मनोज खड्का तेस्रो भए ।
कक्षा ८—१० का छात्राहरु बिचमा भएको म्युजिकल चेयरमा कक्षा ८ की आशिका परियार प्रथम भएकी छिन । खेलमा कक्षा १० की अस्मिता सारु दोस्रो तथा कक्षा ८ की रितु बिश्वकर्मा तेस्रो भईन । यसैगरि कक्षा ११—१२ का छात्राहरु बिचमा भएको म्युजिकल चेयरमा सानिया अहमद प्रथम भईन । खेलमा निमा मगर दोस्रो तथा मनिषा नेपाली तेस्रो भए । यसैगरि कक्षा ६—१२ का छात्रहरु बिचमा भएको स्लो साईकल रेसमा राम सुनार प्रथम भए । खेलमा प्रेम सावत दोस्रो तथा प्रबिन घर्ती तेस्रो भए । यसैगरि कक्षा ५—१२ को विद्यार्थीहरु बिच भएको चेस प्रतियोगितामा कौशल खनाल प्रथम भएका छन । यसैगरि जनक बिक दोस्रो तथा लक्ष्मण सुनार तेस्रो भए ।
यसैगरि कक्षा ११—१२ का छात्रहरु बिचमा भएको कबड्डी प्रतियोगितामा समुह ए को टिम प्रथम भएका छन । जसमा महेन्द्र बुढामगर, निश्चल तामाङ, सुगम राना, दिनेश बुढामगर, सुनिल चौधरी, अल्ताप अलि, रोशन खत्री, आशिष जिसी रहेका थिए ।
यसैगरि कक्षा ९—१२ भलिबल छात्रमा रातो समुह प्रथम भएका छन । जसमा मनोज दर्लामी, प्रमोद बिक, जीवन रेग्मी, आशिष फौजदार, मेहन्द्र बुढामगर, हिमाल बिक, आकास ठेडी रहेका थिए । यसैगरि कबड्डी छात्रा प्रतियोगितामा कक्षा ११ को समुहलाई कक्षा १२ को समुहले पराजित गर्दै प्रथम भएका छन । जसमा सपना खड्का, निमा मगर, सुजता परियार, कामना रमाईली, अनिता कुमाल, उमा सिजाली, दिपिका परियार रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल बहादुर शाक्य, पूर्व जिल्ला शिक्षा अधिकारी एव विद्यालयमा प्रमुख सल्लाहकार टेक बहादुर थापा लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
विद्यालयको बुधबार बक्तृत्वकला प्रतियोगिता हुने विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले बताए ।