ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता
तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८०

प्रतियोगितामा ६ स्वर्णको टुगो

तेस्रो दिन एथलेटिक्सका ८०० मि छात्र /छात्रा, १०० मि छात्र /छात्रा, सटपुट छात्र /छात्रा, भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा खेलमा कालिका र कुवरवर्तीलाई समान २ तथा गार्गी र पशुपतिलाई १—१ स्वर्ण जितेका छन ।
३ पुष २०८०, मंगलवार
३ पुष २०८०, मंगलवार

बुटवल, ३ पुस । कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा तेस्रो जिल्ला स्तरिय कालिका रनिङसिल्ड प्रतियोगिता २०८० शुरु भएको छ ।
प्रतियोगिता अन्तरगत तेस्रो दिन एथलेटिक्सका ८०० मि छात्र /छात्रा, १०० मि छात्र /छात्रा, सटपुट छात्र /छात्रा, भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा खेलहरु भएका छन । विद्यालयमा भएको ८०० मि छात्र तर्फ कालिका मानवज्ञान मा. वि.का सलामुद्दीन अन्सारी प्रथम भएका छन । यसैगरि पशुपति मा वि का ठाकुर पाण्डे द्वितीय तथा जनज्योति मा. वि.का सागर बिक तृतीय भएका छन ।

८०० मि छात्रा तर्फ भने कुवरवर्ति इ. बो.स्कुलकी रजनी थारु प्रथम भएकी छिन । यसैगरि कालिका मानवज्ञान मा विका प्रकृति घिमिरे द्वितीय तथा होराइजन जी बि एस.की कृष्टिना पराजुली तृतीय भएकी छिन ।

१०० मि छात्रतर्फ पशुपति मा वि का युवराज थारु प्रथम भएका छन । सिद्धार्थ इ बो स्कुलका अभय राना द्वितीय तथा जनज्योति मा. वि.का शुभम् बमरेल तृतीय भए । यसैगरि १०० मि छात्रा तर्फ भने कुवरवर्ति इ. बो.स्कुलकी रोजी थापा प्रथम भएकी छिन । खेलमा रामापुर माविकी पवित्रा बि क द्वितीय तथा कालिका मानवज्ञान माविकी लक्ष्मी भुसाल तृतीय भईन ।

मंगलबार नै भएको सटपुट छात्र तर्फ गार्गी इ. बो.स्कुलका शुभम् दंगोरिया प्रथम भएका छन । एभेरेस्ट माविका लक्ष्मण परियार द्वितीय तथा कालिका मानवज्ञान माविका सिजन नेपाली तृतीय भए । सटपुट छात्रा तर्फभने कालिका मानवज्ञान माबिकी दिपकला थारु प्रथम भईन । खेलमा एभेरेस्ट माविकी अनुष्का चौधरी द्वितीय तथा होराइजन जी बि एस.की कृपा मल्ल तृतीय भईन ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र÷छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२ रजत र ३२ कास्य गरि कुल ९६ वटा पदकको लागि प्रतिस्पर्धा हुने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि द्घितिय टिमले ३० हजार, तृतिय टिमले नगद २० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा जिल्ला भरिका सामुदायिक र संस्थागत गरि २९ विद्यालयका ८ सय बढि विद्यार्थीहरुले खेलमा प्रतिस्पर्धा गर्ने खेल संयोजक हरिस वलीले बताए । गतवर्ष कुवरवर्ति विजेता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?