ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

एलपीएलको उपाधि सत्यवती एकेडमीलाई, धनगढी स्पोर्ट्स क्लब ५ रनले पराजित

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

धनगढी, ३० मंसिर ।

आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो ।

रोमान्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो ।

धनगढी स्पोर्ट्सको ब्याटिङमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ र अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन ।

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो । छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे । भुवनको विकेटपछि सातौँ विकेटको लागि बसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे । अठारौं ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए ।

जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट बाँकी रहेको थियो । अन्तिम ओभर बलिङ गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोश्रो बलमा २ रन दिएपछि तेश्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो । सत्यवतीको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन ४ ओभरमा १५ रन खर्चिए ।

तृतराज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो । सत्यवतीको ब्याटिङमा पाँचौ नम्बरमा ब्याटिङ गरेका सन्दिप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे ।

फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समिर कार्कीले समान १० रन बनाए । पावरप्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दिप रजाली र फिर्दोश अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे। आठौँ विकेटको लागि तृतराज र समिर कार्कीले अविजित ३६ रनको साझेदारी गरे । धनगढी स्पोर्ट्स क्लबको बलिङमा दिपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २⁄२ विकेट लिए ।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए । कार्कीले ५ खेलमा १२ विकेट लिए । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफांटा ब्ल्याक बक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए ।

प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए । विजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले पुरस्कृत गरेका हुन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?