ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पहाडी गाउँपालिकामा राष्ट्रिय प्रसारणको बिजुली पुगेपछि स्थानीय खुशी

३० मंसिर २०८०, शनिबार
३० मंसिर २०८०, शनिबार

नवलपुर, ३० मंसिर ।

जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. २ डाँडाझेरी मथारका दलसिंह ठाडा मगर खुशीले दङ्ग परेका छन् ।

उमेरले उनी ८६ बर्ष पुगे । मर्ने बेलामा गाउँमा बिजुुली पुुगेपछि उनी मात्रै होईन गाउँका बुढाबुढी, युवा युवतीदेखि बालबालिका यतिबेला सबै खुुशी साट्न ब्यस्त छन् । बुलिङटार गाउँपालिका वडा नं. २ का पुर्व वडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापा मगर गाउँमा बिजुली पुगेपछि स्थानीय सबै खुसी भएको बताउँछन् ।

अहिले सम्म पहाडी गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य थिए । तर अहिले धेरै प्रयासका बाबजुद गाउँमा बिजुली पुगेकोमा त्यहाँका जनताले खुशी ब्यक्त गरेको स्थानीय समाजसेवी राजेन्द्र राजभाटले बताए ।

मट्टितेलको टुकी बालेर बस्ने गाउँका जनताले जीवनमै बिजुली पुग्छ त्यो पनि राष्टिय प्रसारणको भन्ने कुरा कहिल्यै कल्पना गरेका थिएनन् । तर बिजुली बलेको देख्दा यहाँका स्थानीयले खुशी ब्यक्त मात्रै गरेका छैनन् उनीहरुले सरकारप्रति कृतज्ञता प्रकट गरेको डाँडाझेरीका दानबहादुर बकावल मगरले बताए ।

कावासोती वितरण केन्द्रबाट वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिका वडा नं. २ मा एक हप्तादेखि बाल्न शुरु गरिएपछि अहिले बत्ती जडान, मिटर जडानमा स्थानीय ब्यस्त हुन थालेको ८० बर्षीय हरिमाया रानाभाटले बताइन् ।

अहिले डाँडाझेरीका एक सय २० घरमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको छ र यो क्रम चलिरहेको छ, सकेसम्म वडाका सबै गाउँ र टोलमा यसैबर्ष बिजुली बालिने कावासोती विद्युुत प्राधिकरणले जनाएको छ । अहिले सालको रुख कटान आदेश नहुँदा केही समस्या आएको र बिजुली छिटो बाल्न समस्या पारेको प्राधिकरणले जनाएको छ ।

पहाडी क्षेत्रमा रहेका दुई गाउँपालिका बुलिङटार र बौँदीकालीमा यसैबर्ष सबै वडामा राष्ट्रिय विद्युतीकरण पुर्याउने उद्देश्यका साथ काम अगाडि बढेको र बोझापोखरीमा रहेको ट्रान्समिटरमा विजुली जडान गरी बिजुली बालिएको प्राधिकरणले जनाएको छ ।

जिल्लाको बुलिङटार गाउँपालिकाको वडा नं. २ मा पहिलोपटक बिजुुली पुुगेकोमा गण्डकी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जीसीले गण्डकी सरकार सबै क्षेत्रमा उज्यालो पुर्याउन लागिपरेको बताए ।

उनले राजनीतिक रुपमा पूर्वाग्राही बनेर कसैले पनि विकासलाई रोक्न नहुने र यसरी पूर्वाग्राही भईयो भने विकास पनि नहुने हुँदा कसैलाई पनि बिकासमा अबरोध नगर्न अनुरोध समेत गरे ।

स्थानीयहरुले अहिले गाउँमा बिजुली बत्ती पुगेपछि खुशी साट्दै सरकारले जनताको मर्म बुझेको भन्दै सरकारप्रति कृतज्ञता प्रकट गरेको बुलिङटार गाउँपालिकाका उपाध्यक्ष डिलमायाँ रानामगरले बताईन् ।

बुलिङटार गाउँपालिकामा बस्न योग्य हेर्न लायक, समृद्ध बुलिङटार निर्माणलाई प्राथमिकता दिंदै विद्यमान उर्जा संकटलाई समाधान गर्दै यसैबर्ष भित्र करिब दुई हजार भन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्निे गरी अघि बढिएको र दुई बर्ष भित्रमा पहाडी दुई पालिका उज्यालो पालिकाका रुपमा घोषणा गर्ने गरी अघि बढिएको गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?