© २०२३
सुनवल, ३० मंसिर । अवैध चोरी पैठारी नियन्त्रणका लागी पशु क्वारेन्टाईन कार्यालयले पश्चिम नवलपरासीका सिमा नाकामा निगरानी बढाएको छ । पशुक्वारेन्टाईन चेक पोष्ट महेसपुरले भारतबाट विभिन्न नाका हुदै अवैध रूपमा पशुपन्क्षि र पशुपन्क्षिजन्य पर्दाथको आयात बढेपछि निगरानी बढाएको हो ।
चेकपोष्टले जिल्लाका सम्भावित चोरी निकासी हुने भित्रि नाकाहरूमा सुरक्षा निकाय, व्यवसायी लगायत सरोकारवालाको टोली सहित स्थलगत अनुगमन गरी चोरी निकासि नियन्त्रणका विषयमा छलफल गरेको छ ।
प्रतिबन्धित पशुपंक्षिजन्य पर्दाथ र माछाको सिमावर्ती क्षेत्रबाट हुने अवैध आयातका कारण विभिन्न रोग फैलने जोखिम बढेकाले निगरानी बढाईएको पशु क्वारेन्टाईन चेक पोष्टका प्रमुख पशु चिकित्सक मनोज अधिकारीले जानकारी दिए । पाल्हीनन्दन, सरावल र प्रतापपुर गाँउपालिका अन्र्तगतका सिमा नाकामा अनुगमन गरी सो क्षेत्रमा रहेको शसस्त्र र जनपथ प्रहरीका अधिकारीहरू संग पनि छलफल गरेको पशु क्वारेन्टाईनका पशु स्वास्थ्य प्राविधिक शुभाष सोतिले जानकारी दिए ।
खुल्ला सिमानाका कारण पूर्ण रूपमा चोरी पैठारी नियन्त्रण गर्न सम्भव नभएपनि निगरानी बढाईएको सुरक्षा निकायको भनाइ छ । तर माछा तथा कुखुरापालक व्यवसायीहरूले भने सिमा सुरक्षाको मुख्य जिम्मा पाएको शसस्त्र प्रहरीले चेकजाँचमा कडाई नगर्दा नेपाली व्यवसायीहरू मारमा परेको गुनासो गरेका छन् । सिमावर्ती क्षेत्रमै फर्म खोलेर भारतबाट अवैध रूपमा पशुपंक्षि ल्याई बेच्ने गरेकाले समस्या भएको कुखुरा व्यवसायी राजेश अग्रहरीले बताए ।