© २०२३
काठमाण्डाै ।
नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।
निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।
अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।
चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजल तथा मट्टीतेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजल तथा मट्टीतेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे मूल्यमा भने घटबढ गरेकाे छैन ।