© २०२३
बुटवल, २७ मंसिर । सातौं दक्षिण एसियाली कराँते प्रतियोगितामा कास्य पदक विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरले मंगलवार सम्मान गरिएको छ । मंसिरको दोस्रो हप्ता काठमाण्डौमा सम्पन्न प्रतियोगितामा कास्य पदक प्राप्त गरेका राहुल चौधरी, खेल प्रशिक्षकहरु नवराज खरेल, कराते प्रशिक्षक भुपेन्द्र शिह थापा, डब्लु टीएफ प्रशिक्षक गणेश कुँवर, भलिवल प्रशिक्षक राजन खनाल, आइटीएफ प्रशिक्षक विश्व सुर्यबंशीलाई बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, बुटवल उपमहानगरपालिका युवा तथा खेलकुद शाखाकी सहायक निर्देशक कोपिला ज्ञवाली, शिक्षक अभिभावक संघका सदस्य राजाराम वि.कले सम्मान गरे ।
कार्यक्रममा बोल्दै बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले स्थानियस्तरबाट नै खेल विकासमा जोड दिनुपर्ने बनाए । बुटवल नगर खेलकुद विकास समितिले आगामी पौष २५ गतेबाट पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० संचालन गर्ने गरी तयारी गरिएको र माघमा विद्यालय स्तरीय मेयर कप फुटवल प्रतियोगिता संचालन गरी खेलाडी पहिचान, विकास र प्रोत्साहनलाई उच्च प्राथमिकताका साथ अगाडी बढेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले नवौ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड, २०७४ दशौ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड २०७५, बुटवल नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड २०७६, बुटवल नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग २०७८ र बुटवल नगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ विद्यालयको व्यवस्थापनमा संचालन भएको र विद्यालयमा कराते, डब्लुटीएफ, आइटीएफ तेक्वान्डो नियमित प्रशिक्षक, स्काउट हुनुका साथै निकट भविष्यमा जुनियर एनसीसी संचालन गरिने रुपन्देही जिल्ला स्तरीय बाह्रौ र तेह्रौ राष्ट्रपति रनिङ्ग शिल्डमा रूपन्देही जिल्लालाई प्रथम बनाउन बुटवल उपमहानगरको तर्फबाट विद्यालयको योगदानका विषयमा धारणा राख्दै बुटवल नगर खेलकुद विकास समितिले बुटवलका सबै सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षकको व्यवस्था नभएको र एउटा विद्याको प्रशिक्षकबाट सबै खेल विद्या संचालन गर्न सम्भव नहुने भएकोले एथलेटिक्स अन्तरगत फिल्ड र ट्रयाकका प्रशिक्षक, भलिवल, फुटवल, क्रिकेट र कवड्डी, लगायतका विद्याका प्रशिक्षक गरी प्रशिक्षण नियुक्त व्यवस्था गर्न आग्रह गरेका थिए । सातौ दक्षिण एसियाली कराँते प्रतियोगितामा ५५ केजी समुहबाट सहभागी भएका सिभिल इन्जिनियरिङ समूह कक्षा १२ का विद्यार्थी राहुल चौधरीले आफ्नो अनुभव व्यक्त गरेका थिए ।