© २०२३
बुटवल, २५ मंसिर ।
रुपन्देही उद्योग संघले विभिन्न क्षेत्रमा सल्लाहकार तथा सदस्य मनोनित गरेको छ । आइतबार नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले सल्लाहकार समिति र ३ जना कार्यसमिति सदस्य पदमा मनोनित गरेको जनाएका छन् ।
संघको विधान अनुसार संघका अध्यक्षले ३ जना उद्योगीलाई कार्यसमिति सदस्यमा मनोनित गर्न पाउने व्यवस्था छ । सदस्यहरुमा पण्डित आयुर्वेदिक उद्योग तिलोत्तमाका चन्द्रकान्त खनाल, अन्नपूर्ण बेकरीज उद्योग सिद्धार्थनगरका यादव गैरे र मनिषा इन्जिनियरिङ्ग इण्डष्ट्रिज बुटवलकी दिलु शाहीलाई मनोनित गरिएको छ ।
त्यसैगरी संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, सदस्यहरुमा अस्मिता कापी उद्योग बुटवलका ऋषिबहादुर भण्डारी, सुपर कंक्रिट उद्योग बुटवलका शिवकुमार पाठक, लुम्बिनी आल्मुनियम एण्ड मेटल इण्डष्ट्रिज बुटवलका राजेन्द्र कार्की र फस्ट च्वाइस फूड्स प्रालि शुद्धोधनका कृष्णप्रसाद पौडेललाई मनोनयन गरिएको अध्यक्ष सापकोटाले जनाएका छन् ।
त्यसैगरी आर्थिक सल्लाहकारमा प्राध्यापक भरत भुसाल, कानुनी सल्लाहकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ज्ञानप्रसाद अर्याल र प्रेस सल्लाहकारमा रामप्रसाद आचार्य मनोनित भएका छन् । असोज २९ गते सम्पन्न २३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष सापकोटाले संघको विधानको अधिकार प्रयोग गरी मनोनित गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिएका छन् ।