© २०२३
बुटवल, २५ मंसिर । समयमा रोगको पहिचान गरि निदान गरौ भन्ने अभियान चलाउदै आएको स्वस्थ्य क्षेत्रमा योगदान दिदै आएको केन सेन्टरले दुई दिने निशुल्क मधुमेह, मृगौला शिविर तथा परामर्श कार्यक्रम गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं ५ को आयोजना तथा केन सेन्टरको प्राविधिक सहयोगमा २ दिने मधुमेह तथा मृगौला सम्बन्धि निशुल्क शिविरमा रगत र पिसाब परिक्षण गरिएको हो ।
शिविरको तिलोत्तमाका वडा नं ५ का वडाअध्यक्ष रमेश डुम्रेले सुभारम्भ गर्दै आफनो वडाबासीहरुलाई विशेषज्ञ केन्द्रसंग आवद्ध भई सहि परामर्श र ब्यवस्थापनका विधिहरु दिन पाउदा गर्व लागेको बताए । समयमा नै स्वस्थ्य स्थितिबारे जानकारी दिने र बेलामै उपचार भए बिरामीलाई धेरै आर्थिक खर्च नहुने हुदा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।
वडा कार्यालय परिसरमा गरिएको शिविरमा ४ सय ३ जनाको नमुना परिक्षण गरिएको केन सेन्टरका ल्याब प्राविधिक पुजा रिजालले बताईन । परिक्षणको क्रममा ११ प्रतिशतमा मधुमेहको समस्या, ६ प्रतिशत मृर्गौलामा प्रारम्भिक समस्या देखिएको उनले बताईन ।
योसंगै परिक्षण भएका बिरामीहरुलाई सोमबारबाट चार दिनसम्म परामर्श दिने थालिएको उनले बताए ।
अहिलेको आधुनिक जीवनशैलीले मधुमेह र मृर्गौलाको समस्या बढ्दै गएको र बेलामा रोगबारे निदान उपचार र ब्यवस्थापन नभएपछि स्वस्थ्य समस्या बढ्ने केनका अध्यक्ष दिनेश कक्षपतिले बताए । विगत दुई दशकदेखि मधुमेह र मृर्गौलाबारे परामर्श र ब्यवस्थापन गर्दै आएको कक्षपतिले तिलोत्तमा नगरपालिकाको वडा नं २ मा केन सेन्टरको शाखा बिस्तार गरेर काठमाण्डौबाट विशेषज्ञ चिकित्सकहरुबाट बिरामीहरुलाई सेवा प्रदान गरेका छन । प्राय बिरामीहरु उपचारका लागि काठमाण्डौ वा भारत जानुपर्ने बाध्यतालाई रोक्ने गरि केनबाट सेवा दिदै आएको उनले बताए । केन सेन्टरका मार्केटिङ अफिसर विद्या क्षेत्रीले वडा कार्यालयको सहकार्यमा समुदायमा रोग लुकाएर बसेका बिरामीहरुलाई घरदैलोमा पुगेर सेवा दिन सफल भएको बताईन ।