© २०२३
तिलोत्तमा,२४ मंसिर । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाई स्कूल र एभरेष्ट बोर्डिङ हाई स्कूल पांचौं तिलोत्तमा उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलमा शनिबारदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सेमिफाइनल खेलमा न्यू होराइजन बोर्डिङ स्कूल बुटवललाई ३–० को सोझो सेटमा हराउंदै एभरेष्ट फाइनलमा पुगेको हो । यस्तै कपिलवस्तुको हिलबर्ट बोर्डिङलाई ३–० को सोझो सेटमा हराउंदै कुंवरवर्ती फाइनलमा पुगेको हो ।
प्रतियोगिताको फाइनल र समापन कार्यक्रम सोमबार हुने छ । यस्तै सोमबार नै तेस्रो स्थानका लागि न्यू होराइजन र हिलबर्टबीच प्रतिष्पर्धा हुने कुंवरवर्ती बोर्डिङ हाइ स्कुलका प्राचार्य दीपक खनालले जानकारी दिए । प्रतियोगिताको विजेताले ६१ हजार,उपविजेताले ४१ हजार,तेस्रोले २१ हजार र सान्त्वना हुने टिमले ११ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए । राष्ट्रिय टिममा खेलेका उत्कृष्ट खेलाडीहरु समेत खेलिरहेको प्रतियोगिता हेर्न भलिबल खेलप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको छ । य प्रतियोगिताको समापन र पुरस्कार वितरण सोमबार दिउसो १ बजेपछि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले गर्ने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ । सअघिका ४ संस्करण मध्ये तीन संस्करण लगातार कुंवरवर्तीले जितेर ह्याट्रिक गरेको थियो भने चौथो संस्करण एभरेष्ट बोर्डिङ बुटवलले जितेको थियो ।