ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

भैरहवामा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने मन्त्रीको प्रतिवद्धता

२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

भैरहवा, २४ मंसिर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता(सिके) ले रूपन्देही जिल्लाको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । १० औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिता पुरस्कार बितरण समारोहमा बाल्दै मन्त्री गुप्ताले रूपन्देही जिल्लाले हरेक खेलमा उत्कृष्टता हासिल गरेको बताउँदै क्रिकेटमा समेत उत्कृष्ट प्रदर्शन गरेको बताउँदै भैरहवामा रहेको सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउन पहले गर्ने प्रतिबद्धता ब्यक्त गरे । भैरहवाको रंगशालाका लागि प्रदेश सरकारले बजेट छुयाउने समेत प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी १० औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी शिक्षा निकेतन, लुम्बिनीले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा शान्ति नमूना माध्यमिक विद्यालय, मणिग्रामलाई २८ रनले पराजित गर्दै लुम्बिनी शिक्षा निकेतनले उपाधि चुम्न सफल भएको हो । जितसँगै लुम्बिनीले ५० हजार रूपैयाँ र ट्रफी प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको शान्ति नमूनाले २५ हजार रूपैयाँ र ट्रफी पायो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय २९ रनको योगफल बनायो । उसका लागि एजाजुल हक र अब्दुल हबिबले नटआउट क्रमशः ४० र २५ रनको योगदान दिए । यस्तै, बिन्दराम गडेरियाले २४ र सन्दीप लोधले २२ रन जोडे । बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले २ र रुविन पराजुलीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना ८ विकेटको क्षतिमा १ सय १ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि आशुतोष पाण्डेले २४, नवीन भण्डारीले १७, समीर नेपालले १५ र सन्देश भण्डारीले १४ रन जोडे पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब र अप्सर खानले समान २–२ तथा सरबरे आलम र सन्दीप लोधले १–१ विकेट लिए । लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब म्यान अफ द फाइनल भइ एक हजार रूपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द सिरिज तथा बेष्ट बलर घोषित भए । उनले नगद १० हजार र ५ हजार रूपैयाँ पाए । यस्तै, लुम्बिनी शिक्षा निकेतनका एजाजुल हक बेष्ट ब्याट्सम्यान घोषित भइ ५ हजार रूपैयाँ प्राप्त गरे । काशी नोबल एकेडेमी अनुसाशित टिम घोषित भयो ।

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि रूपन्देही क्रिकेट संघले प्रतियोगिता संचालन गर्दै आएको छ । प्रतियोगितालाई आफ्ना हजुरवुवा स्वर्गीय शेरबहादुर सेन्चुरीको स्मृतिमा भैरहवाको पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ ।

विजेता र उपविजेता टिमलाई लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता, प्रतियोगिता आयोजक संस्था रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, प्रतियोगिताका मुख्य प्रायोजक बिमल सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय कार्यबाहक सचिब प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल भन्सार एजेन्ट संघका पूर्व केन्द्रीय अध्यक्ष डा.शान्तकुमार शर्मा, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?