ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

स्वास्थ्य क्षेत्रको नया आयाम ट्रमा सेन्टरको परिकल्पना गरिएको हो – पुर्व स्वास्थ्यमन्त्री त्रिपाठी

२४ मंसिर २०८०, आइतबार
२४ मंसिर २०८०, आइतबार

बर्दघाट, २४ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकको स्वास्थ्य क्षेत्रको नया आयमको रुपमा ट्रमा सेन्टरको परिकल्पना गरिएको बताएका छन । देशको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नु पर्ने अवस्था रहेको बताउदै स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजना अनुरुप ट्रमा सेन्टरको अवधारणा बिकास गरिएको दाबी गरे ।

देशमा स्वास्थ्य क्षेत्र निकै सुधार गर्नु अवस्थामा रहेकाले केन्द्र, प्रदेश र स्थानीय सरकारले सुधार क्षेत्र सुधारका योजना सहित बजेट र कार्यक्रम अगाडी बढाउनुपर्ने त्रिपाठीको भनाइ छ । सहिद स्मृति सामुदायिक अस्पतालको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै त्रिपाठीले अस्पतालको भौतिक सरचना राम्रो रहेपनि गुणस्तर सेवा सुबिधा प्रदान गर्ने बिषय चुनौती पुर्ण रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भुसालले जनताको पहिलो आवश्यक शिक्षा र स्वास्थ्य रहेको बताउदै सरकार शिक्षा र स्वास्थ्यमा लगानी गर्न नसकेको बताईन । सामुदायिक स्तरबाट जनताले आफ्नो गास कटाएर लगानी गरेका सामुदायिक अस्पतालहरु के कसरी संचालन गर्ने र स्थापना भएका अस्पताललाई जोगाएर जनताको सेवामा के कसरी दीर्घकाल सम्म सञ्चालन गर्ने सकिन्छ भनेर रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिईन ।

प्रदेश सभा सदस्य बिस्वप्रेम पाठकले राज्यबाट सामुदायिक अस्पतालको संचालनको विषयमा प्रष्ट नीति बनाउन नसकेको बताए । उनले भने –“ राज्यसंग सामुदायिक अस्पताल के कसरी संचालन गर्ने प्रष्ट नीति छैन, त्यसैले देशका धेरै सामुदायिक अस्पतालहरु बेवासिरे बनेका छन ।“ जिल्ला अस्पताल प्रदेशले जिम्मेवार लियो । स्थानीय स्तरका १५ सैयाका अस्पताललाई स्थानीय तहले लियो । तर यस्ता हाम्रो खालका अस्पताल कस्ले जिम्मेवार लिने कसरी संचालन गर्ने भनेर राज्यको निति प्रष्ट भएको छैन । त्यसैले अहिले सामुदायिक अस्पताल बन्द हुने अवस्थामा पुगेको पाठकको भनाइ छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब केहि समय भित्र नै ट्रमा सेन्टर बन्ने बताउनु भयो । नेपाल सरकारले तय गरेका मापदण्ड अनुसारको आवस्यक कागजात पेस गरिएको बताउदै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरमा अब छिट्टै ट्रमा सेन्टर बन्ने बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी काम काजी टिम बनाएर सबै संग समन्वय गरि अस्पताल सञ्चालन गर्ने नया योजना बनाएर अगाडि बढ्नु पर्ने बताए । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रुपमा बिकास गर्ने सकिए राम्रो हुने बताए । सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले स्वास्थ्य क्षेत्रमा राम्रो गर्न सुस्ता गाउँपालिका तयार रहेको बताए । उपप्रमुख रुद्र प्रकाश उपाध्यायले दक्ष मानव स्रोत व्यवस्थापनका लागि अस्पताल बिकास समिति र नगर बीच छलफल गरि अगाडि बढ्न सकिने बताए ।

बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहा, सस्थाका सल्लाहकार बृहस्पति अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति दामोदर जि.सि, नेकपा एमालेका नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, एकिकृत माओवादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र बुर्जा मगर, सस्थाका अध्यक्ष निमानन्द न्यौपाने, उपाध्यक्ष उर्मिला क्षेत्रीले सामुदायिक अस्पताल सुधारका लागि सबैको सामुहिक संकल्प अघि बढाउने समय आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?