ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

तिलोत्तमा,२३ मंसिर । पांचौ तिलोत्तमा उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिता तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाइ स्कुलमा शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले शनिबार उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले महिलाहरुको मानसिक र शारीरिक स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताइन् ।कुंवरवर्ती बोर्डिङले महिला भलिबल सहित अन्य खेलकुद प्रतियोगिताको राम्रो व्यवस्थापन गरेको र जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको भन्दै उनले प्रशंसा गरिन् ।

नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले खेलकुदले हरेक नागरिकलाई अनुशासित र स्वस्थ बनाउने भएकाले खेलकुदमा सरकारले लगानी बढाउन आवश्यक रहेको बताए ।

कुंवरवर्ती बोर्डिङ हाइ स्कुलका प्राचार्य दीपक खनालले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेललाई स्थानीय सरकारले पनि प्राथमिकतामा राखेर वजेट दिनुपर्नेमा विगत भन्दा इभेन्टहरु र वजेट कटौती गरिनु दुखद भएको बताए । लिग कम र बेस्ट अफ फाइभका आधारमा खेलाइने प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ टिमले भाग लिएका छन् । जसमा रुपन्देहीका न्यू होराइजन,एभरेष्ट,कुंवरवर्ती,सेन्ट जोसेफ,शान्ति नमूना र कपिलवस्तुको हिलबर्ट बोर्डिङले प्रतिस्पर्धा गर्दैछन् ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ६१ हजार,उपविजेताले ४१ हजार,तेस्रोले २१ हजार र सान्त्वना हुने टिमले ११ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए । राष्ट्रिय टिममा खेलेका उत्कृष्ट खेलाडीहरु समेत खेलिरहेको प्रतियोगिता हेर्न भलिबल खेलप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको छ । यसअघिका ४ संस्करण मध्ये तीन संस्करण लगातार कुंवरवर्तीले जितेर ह्याट्रिक गरेको थियो भने चौथो संस्करण एभरेष्ट बोर्डिङ बुटवलले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?