ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि

२३ मंसिर २०८०, शनिबार
२३ मंसिर २०८०, शनिबार

बुटवल २३ मंसिर । देशको आर्थिक समृद्धिका लागि रेमिट्यान्स नभई स्थानिय उत्पादनको बजारीकरण आजको आवश्यकता भएको तर्क पेश गर्दै कालिका मानव ज्ञान माबिकी छात्रा करिना खनालले १२ औं संस्करणको एभरेष्ट अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको उपाधि आफनो नाममा गराईन । श्रम निर्यात गरेर कुनै पनि देश समृद्धि भएको ईतिहास नरहेको विकाससिल देशको उदाहरण दिदै उनले स्वदेशमा नै युवालाई रोक्ने गरि कच्चा पदार्थको उत्पादन, खपतसंग बजारीकरणमा जोड दिनुपर्ने बताईन । खनालको प्रस्तुति, खण्डन, तार्कितता, भाषाशैली, उपसंहारका आधारमा विजेता घोषित गरिएको निर्णायक बरिष्ठ साहित्यकार ऋषिराम भुसालले बताए । उपाधिसंगै उनले नगद १५ हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।

प्रतियोगितामा नवज्योति इङ्लिस बोर्डिङ स्कुल तिलोत्तमाकी विद्यार्थी रक्षा मिश्र द्वितीय भइन् । उनले नगद १० हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । लिटिल फ्लावर्स इङलिस माध्यमिक विद्यालय फर्साटिकरका विद्यार्थी समर्थ फौदार क्षेत्रीले तृतीय स्थान हासिल गरे । उनले नगद ६ हजार रुपैया तथा मणिमुकुन्द माध्यमिक विद्यालय बुटवलका विद्यार्थी एन्जल बेल्वासेले प्रोत्साहन पुरस्कार सहित नगद तीन हजार रुपैया, शिल्ड तथा प्रमाणपत्र हात पारिन् । प्रतियोगितामा रूपन्देही जिल्लाभरीका सामुदायिक र संस्थागत विद्यालयगरी १७ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा विजेता, उपविजेता विद्यार्थीहरुलाई प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय लुम्विनीका प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानगरपालिका वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन प्याब्सन नेपालका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय सदस्य विष्णु पौडेल, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, परिक्षा ब्यवस्थापन कार्यालयका अधिकृत बाबुराम भण्डारी, विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, सहप्राचार्य भिमसेन गौतम लगायतले प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?