© २०२३
बुटवल, २२ मंसिर । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेस गुप्ता (सिके) ले लुम्बिनी प्रदेशमा बुटवल कालिका क्याम्पस छोटोसमयमा राम्रो प्रगति गरेको बताएका छन । उत्कृष्ट नतिजा ल्याएर शैक्षिक क्षेत्रमा प्रदेशका सामुदायिक क्याम्पसको गरिमा बढाउन सफल भएको उनले दाबी गरे । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित खेल सप्ताह २०८० अन्तरगत विभिन्न खेलमा विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री गुप्ताले प्रदेश सरकारबाट क्याम्पसको पुर्वाधार विकास गर्न निरन्तर सहयोग भएको भन्दै उत्कृष्टता एउटा आधारको मापदण्ड तय गर्न जरुरी रहेको बताए । राजनितिक दलबाट कुनै प्रभाव क्याम्पसमा नहुनु नै विकासको आधार भएको दाबी गरे । तराईका अधिकास विद्यालयहरुमा राजनितिक प्रभावका कारण ब्यवस्थापन समिति र प्रअ नियुक्तिमा दबाब हुने हुदा विकासको गति लिन नसकेको बताए । शिक्षा सिकाई मानव जिवनमा निरन्तर चल्ने हुदा पनि यो कामलाई छोड्न नहुने उनले बताए । समाज विकासको आधार आम नागरिकमा शिक्षा, स्वस्थ्यको पहुचलाई मध्येनजर गरि प्रदेश सरकार अभियान जोडेको भन्दै यसमा ३ तहकै सरकार र आम बुद्धिजिविहरुको साथ जरुरी रहने बताए । कोभिड संक्रमणको कालमा जनजिवन प्रभावित भएको बेला समाजमा तन, मन र धनबाट सहयोग स्मरण गर्दै यहि कामको जनताबाट मुल्यांकन गरि मायाले आफू यो स्थानमा पुगेको उनले बताए । खेलकुद क्षेत्रमा सरकारको लगानी न्युन रहदा पनि प्रगतिको दर उच्च रहेको भन्दै उनले यहि उत्कृष्ट प्रर्दशन नै अब विकासको गति लिने आधार बन्ने दाबी गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेस गुप्ता (सिके), क्याम्पसका उपाध्यक्ष तथा विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, क्याम्पसका कोषाध्यक्ष नन्दु काउचा, वडासदस्य यमुना काउचा, क्याम्पसका सभा सदस्य अनिल प्रसाद श्रेष्ठ, डम्बर देव अर्याल, मन बहादुर राना, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, क्याम्पस प्राध्यापक ईभराज तिवारी, कालिका माबिका प्रअ दिनेश थापा, क्याम्पसका बिबिएस कोअर्डिन्टर बुद्घराम चौधरीेले विजेता, उपविजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले विद्यालय संचालनकै अवधिमा क्याम्पस चलाउने सोच बनेको बताए । घनश्याम पाठकको अगुवाईसंग जग्गा प्राप्तिदेखि पुर्वाधार निर्माणमा सबैको सहयोगको कारण क्याम्पस चलाउन र देशमै नाम कमाउन सफल भएको उनले बताए ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक घनश्याम पाठकले अहिलेको समय कुरा गर्ने नभई काम गर्ने समय भएको बताए । टियुको सबैभन्दा कान्छो क्याम्पस अहिले देशमा नै सबैभन्दा सफल क्याम्पस बन्न सफल भएको उनले बताए । क्याम्पस ब्यवस्थापन, प्राध्यापक, विद्यार्थी र अभिभावक सबैको सहयोग र सहकार्यबाट नै आफुहरु सफल भएको उनले बताए । शिक्षा प्रणाली र कक्षा कोठा प्रभावकारी बनाउने गरि सरकारबाट थप सहयोगको आग्रह गरे ।
क्याम्पसका रिसर्च कोर्अडिनेटर कृष्ण पोखरेलको संयोजनमा तयार गरिएको पहिलो अनुसन्धानमुलक जर्नल बिमोचन समेत गरिएको छ ।
यसैबिच क्याम्पसमा गरिएको वृहत रक्तदान
कार्यक्रममा १ सय १६ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा युवाहरुको राम्रो सहभागीता रहेको थियो । क्याम्पसमा आयोजना गरिएको स्वास्थ्य शिविरमा छात्रछात्राहरुले समेत आफनो जाच गराएका छन । क्याम्पसका १ सय २२ जनाको दन्त परिक्षण तथा १२५ जनाको आखाको जाचका साथै १ सक्ष् ५१ जनाको मधुमेह परिक्षण गरिएको छ ।