Butwal Today

एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै

२२ मंसिर २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाली युवा टोलीले एसीसी यू १९ एसिया कपको पहिलो खेलमा आज (शुक्रबार) पाकिस्तानसँग खेल्दैछ। यूएईको आइसीसी एकेडेमी ओभल २ मा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाली टोली आजको खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ। एसिया कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन।

प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको नेपालका लागि यो विश्वकपको राम्रो तयारी हो। नेपालले आगामी जनवरी÷फेबु्रअरीमा हुने विश्वकप खेल्दैछ। एसिया कप खेल्ने टोलीबाट जापान र यूएई बाहेक अन्य सबै टोलीले विश्वकप खेल्नेछन्।

एसिया कपमा स्थान बनाउने टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन्। अलराउन्डर र गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राजभण्डारीले एसिया कपका लागि टोलीमा स्थान बनाएका हुन्।

यी खेलाडीले एसियाकपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दीपक बोहरा टोलीमा अटाउन सकेनन्।

एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको छ। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। एसिया कप मंसिर २२ देखि पुष १ गतेसम्म चल्नेछ।

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल ९विकेटकिपर०, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

पाकिस्तानको टोली
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन।