© २०२३
लमही (बुटवलटुडे), २१ मंसिर । पुर्खौ देखि नाका क्षेत्रमा बसोबास गर्दै सिमा रक्षा गरेका नाकाली बासीले यतिबेला बल्ल निस्सा प्राप्त गरेका छन । अब आफ्नै नामको जग्गामा बस्न पाउँछु भन्नेमा खुसीमात्रै छैनन कि हर्ष ले खुसी भएका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका वीर बहादुर घर्ती २०३८ साल देखि यहि स्थानमा बस्दै आएका छन । तर अहिले सम्म उनको नाममा एक टुक्रा जग्गा छैन । अहिले स्थानीय सरकाले निस्सा बितरण गरे पछि अब जग्गा धनी बन्न पाउछु कि भनी हर्सित छन । ‘अहिले सम्म आफ्नो नाममा एक टुक्रा जग्गा थिएन अहिले यो निस्सा हातमा पर्यो जग्गाको पुर्जा नि पाउछु भन्ने आशलागेको छ’ घर्तीले भने । अहिले घर्तीले १२ कट्ठा जग्गा जोतभोग गर्दै आएका छन ।
तेस्तै सिरिया नाका बस्ने नम्सरा बाठा अहिले ७० बर्षकी भइन । उनले अहिले घरवारि सहित करिब १० कट्ठा जति जग्गा भोक चलन गर्दै आएकी छिन । उनी पनि निस्साको कागज पाउन लाइनमा बसेकी छिन । बाठाको उमेर यहि नाकामै बित्यो, लामो समय सिमानामा एक पहेरेदारी बनेर बसेको उनको अनुभव छ । उनले सिमानाकाको रक्षा त गरिन तर आफ्नो नाममा एक टुक्रा जग्गा नहुदा एउटा नागरिकताले मात्र नेपाली हु भन्ने प्रमाणमात्र भएको उनको भनाइ छ । आफ्नै नामको निस्सा पाउने भए पछि अब आफ्नै देशको जग्गा धनी बन्न पाउँदा निकै खुसी लागेको उनको भनाइ छ ।
राजपुर गाउँपालिकाले बिगतदेखि पालिकाभित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी, भूमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरेको थियो । सोही आधारमा छनौटमा परेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरूलाई निस्सा बितरण गर्दै आएको हो ।
हिजो नाका क्षेत्रमा देशको सिमा रक्षाका लागि पहेरेदारी गर्दै बसेका स्थानीय लाई छिटो र छरितो रूपमा निस्सा बितरण गरिरहे छौ राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकि भने ।–अहिले धमाधम जग्गा नापजाँच र निस्सा बितरण भएको छ ’–उनले भने। राजपुर गाउपालिकामा ४ हजार भन्दा धेरै घरधुरी भुमिहिन सुकुम्बासी, भुमिहिन दलित, बिप्पन्न तथा अव्यवस्थित बसोबासिहरूलाई बस्दै आइरहेको गाउँपालिकाको भनाइ छ ।