© २०२३
बुटवल, २१ मंसिर । शिक्षा संस्कारको बिकासका लागी गुरुकुल भन्ने मुल नाराका साथ कपिलधाममा आयोजना गरिएको महायज्ञ समापन भएको छ । महायज्ञ मुल आयोजक समिति कपिलधामले मंसिर १४ देखि २० गतेसम्म कपिलमुनी वैदिक संस्कृत बिधा पिठ गुरुकुलम संचालानार्थ बिस्नु पूराण धनधान्यन्चल तथा श्रृृृङ्गारिक महा आरती २०८० आयोजना गरेको थियो ।
कार्यक्रमको समापन कार्यक्रममा बोल्दै हिन्दु धर्मका संरक्षक भिमकान्त पन्थीले कपिलधाम धार्मिक पर्यटकिय सम्भावना बोकेको स्थलको रुपमा विकास भएको बताए । प्रकान्ड विद्वान रहने ठाउमा गुरुकुल भनेको संस्कृतिको जग रहेको हँुदा यस्ता संस्कृत पाठशालाले हाम्रा संस्कृति एवं संस्कारको संरक्षण हुने भन्दै यसमा सबैको साथ जरुरी रहेको बताए ।
महायज्ञ मुल आयोजक समितिका संयोजक शिबचन्द्र आचार्य र सह संयोजक शंकर प्रसाद् आचार्यले भक्तजनहरुको अपार माया र सहयोग पाएकोमा सबैमा धन्यवाद प्रदान गरेका थिए । सप्त दिवसीय महायज्ञमा ५ हजार भक्तजनहरुले कथा श्रवण गरेका छन् । महायज्ञ मुल आयोजक समितिका संयोजक शिव चन्द्र आचार्यको संयोजकत्वमा १ सय ५१ मुल आयोजक समितिको गठन गरेको थियो ।