ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

बुटवल कालिका क्याम्पसमा खेल सप्ताह जारी

टेबलटेनिस, कबड्डी र सास्कृतिक नृत्य प्रतियोगिता सम्पन्न
२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

बुटवल, २० मंसिर । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित सप्ताहब्यापी खेल सप्ताह २०८० अन्तरगत बुधबार विभिन्न खेलहरु सम्पन्न भएका छन । प्रतियोगिता अन्तरगत टेबलटेनिस छात्रतर्फको खेलमा बिबिएस प्रथम वर्षका सुलभ तिवारी प्रथम भएका छन । उनले फाईनलमा बिबिएस तेस्रो वर्षका विश्वास पौडेललाई पराजित गरेका छन । यसैगरि पहिलो वर्षकै अनमोल उमरामगर तेस्रो भए ।
छात्रातर्फ बिबिएस प्रथम वर्षकी अनु राना प्रथम भएकी छिन । उनले फाईनल खेलमा प्रथम वर्षकै करिना आचार्यलाई पराजित गरिन । बिबिएस तेस्रो वर्षकी अस्मिना पाण्डे खेलमा तेस्रो स्थान हासिल गरेकी छिन ।

यसैगरि कबड्डी छात्रामा बिबिएस पहिलो वर्षको टिम विजेता भएका छन । बुधबार भएको फाईनल खेलमा बिबिएस चौथो वर्षको समुहलाई पराजित गर्दै उपाधि हात पारेका हुन । यसअघि भएको पहिलो सेमीफाईनल खेलमा बिबिएस चौथो वर्षको समुहले प्रथम वर्षको समुहलाई र दोस्रो सेमीफाईनलमा बिबिएस प्रथम वर्षको समुहले बिएड तेस्रो वर्षको समुहलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।
बुधबार भएको सास्कृतिक नृत्य प्रतियोगितामा इच्छा मल्ल, निरजला चौधरी, सृजना आलेमगर र सीता थापाको समुह प्रथम भएका छन । यसैगरि प्रकृति पौडेल, रिता पोखरेल, सन्ध्या ढकाल र समिक्षा कुवरको समुह दोस्रो तथा युवा बेल्बासे, लक्ष्मी सापकोटा, पुजा पोखरेल, करिश्मा थापा, अस्मिता क्षेत्री र अजिता भुषालको समुह तेस्रो भएका छन ।

छात्र भलिबलको उपाधि बिबिएस तेस्रो वर्षका समुहले हात पारेका छन । बुधबार भएको फाईनल खेलमा बिबिएस तेस्रो वर्षका समुहले बिबिएस दिवा समुहलाई २—० को सोझो सेटमा पराजित गरेको थियो ।
यसैगरि छात्र कबड्डीको उपाधिका लागि बिबिएस दोस्रो वर्ष र बिबिएस तेस्रो वर्षको टिम बिचमा बिहिबार खेल हुने छ । छात्रा भलिबल र क्रिकेटको फाईनल खेल बिहिबार हुने खेल संयोजक रेश्मीराज शर्माले बताए ।
सप्ताहब्यापी कार्यक्रम अन्तरगत बिहिबार हाजिरी जवाफ प्रतियोगिता, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निशुल्क आँखा जाँच शिविर, निशुल्क दन्त परिक्षण समेत गरिने बिबिएस संयोजक बुद्धि चौधरीले बताए । क्याम्पसमा बिबिएस, बिसिए र बिएडमा ३ हजार विद्यार्थीहरु अध्ययरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?