ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

१ सय ७८ मोतियाबिन्दुको अप्रेसन तयारी

२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

कपिलवस्तु, २० मंसिर
लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) र नेपाल नेत्र ज्योति संघ तौलिहवा आँखा अस्पताल बिच थप १ सय ७८ जनाको निःशुल्क मोतियाबिन्दु अप्रेशनका लागि सम्झौता भएको छ ।

कतार च्यारिटीको सहयोगमा तिन साताको अबधी भित्र जिल्लाको मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउँपालिकाको बिभिन्न स्थानमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरि शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीको निशुल्क आँखाको अप्रेशन गरिने छ । लिडो नेपालका अध्यक्ष अतहर कमाल र नेत्र ज्योति संघ कपिलवस्तु शाखाका अध्यक्ष मनोज श्रीवास्तवले सम्झौतामा हस्ताक्षर गरेका हुन ।
यस अघि गत असोज ९ गते कपिलवस्तु जिल्लाभरका ६ सय ५० जना मोतियाबिन्दुका बिरामीको निशुल्क अप्रेशनका लागि सम्झौता गरिएको थियो । संस्था र संघ बिच ६ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रियाको सम्झौता भएको भए पनि सम्झौता गरिएको रकम बचत भएपछि सम्झौता परिमार्जन गरि हाल सम्म ७ सय ३ जनाको मोतियाबिन्दुको अप्रेशन सम्पन्न भएको छ । अब पुनः सम्झौता भएको १ सय ७८ जना सहित कुल ८ सय ८१ जनाको निःशुल्क अप्रेशन हुनेछ । यस अघि ७ सय ३ जनाको अप्रेशन बापतको ४२ लाख १८ हजार र थप १ सय ७८ जनाको १० लाख ६८ हजार गरि कुल ५२ लाख ८६ हजार रूपैया लिडो नेपालले उपलब्ध गराउने छ ।

अप्रेशन गर्न बिरामी छनौट गर्न यस अघि जिल्लाभर पालिकाहरूको समन्वयमा आँखा अस्पतालको स्वास्थ्यकर्मीको टोलीद्वारा आँखा स्क्रिनिङ्ग शिविर सञ्चालन गरिने थियो । शिविरमा उपचार गराउन आउने आँखाका बिरामीलाई समेत निशुल्क उपचार र औषधी सेवा दिईएको थियो । शिविरबाट पहिचान भएका मोतियाबिन्दुका बिरामीको आँखाको शल्यक्रिया तौलिहवा आँखा अस्पतालमा गरिएको थियो ।

यस अघि भएको सम्झौता अनुसार जाँच शिविर र मोतियाबिन्दुको निशुल्क अप्रेसन कार्य समयमै प्रभावकारी रूपमा सम्पन्न भएकाले थप १ सय ७८ जनाको शल्यक्रियाका लागि सम्झौता गरिएको लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए । आँखा परिक्षण तथा अप्रेशन कार्यक्रम प्रभावकारी भएकाले आगामी दिनमा पनि कतार च्यारिटी मार्फत थप सहयोगलाई प्राथमिकता दिईने उनले प्रष्ट्याए । सामाजिक क्षेत्रबाट जिल्लामै हाल सम्मकै बढि मोतियाबिन्दुको अप्रेशनका लागी दुई पटक गरि लिडो नेपालले सम्झौता गरि सहयोग गरेको नेपाल नेत्र ज्योती संघ तौलिहवा आँखा अस्पतालका अध्यक्ष मनोज कुमार श्रीवास्तवले बताए । आँखा उपचार र शल्यक्रिया सेवालाई प्रभावकारी बनाउन अस्पतालमा नियमित बिशेषत्र डाक्टर मार्फत सेवा दिईदै आएको उनले प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?